+
+
Shares

गर्भवस्थामा थाइराइड कति जोखिमपूर्ण ? 

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २५ गते १०:५१

गर्भवस्थामा धेरै कमजोर र थाकेको अनुभव गर्नु जस्ता लक्षण थाइराइडको संकेत हुन सक्छ । गर्भवती हुँदा थाइराइड देखियो भने यसमा भएका टीएसएच जस्ता कुराको स्तर बढ्ने अथवा घट्ने हुँदा बच्चाको दिमागको विकास सही तरिकाले भएको छ कि छैन भन्ने पत्ता लगाउन गाह्रो हुन्छ ।

प्रायः महिलाहरुमा हाइपोथायरोडिज्म हुन्छ, जसका कारण थाइराइड ग्ल्याण्डले अचित मात्रामा हर्मोन बनाउन सक्दैन । यो सामान्य समस्या अहिले हरेक व्यक्तिमा देखिन थालेको छ । जसमा गर्भवती महिला बढि प्रभावित भएको पाइन्छ । गर्भवस्थामा देखिएको थायराइडले आमा  र बच्चा दुबैको लागि घातक हुन सक्छ । त्यसैले समयमा नै साधारण स्क्रिनिङ टेस्टबाट यसको उपचार सम्भव छ ।

थाइराइडको बारेमा जनचेतना जगाउनका लागिआज भोलि धेरै कार्यक्रम र क्याम्पेनहरुको योजनाहरु पनि तयार हुँदैछ । प्रायः महिलाहरुमा हाइपोथायराडिज्म हुन्छ, जसको कारण थाइराइड ग्ल्याण्डले उचित मात्रामा हर्मोन बनाउन सक्दैन । थाइराइडको उपचार सहजै  हुन सक्ने भएकाले समयमा नै यसको उपचार गर्नु आवश्यक हुन्छ । थाइराइड भएका महिलामा अनियमित महिनावारी हुने र गर्भमा बच्चा बस्ने सम्भावना पनि अति कम हुन्छ । त्यसैले गर्भवती भएको थाहा हुना साथ टीएसएचको परिक्षण गराइहाल्नु पर्छ ।  शुरुमा यसका कुनै लक्ष्ँण नदेखिने भएकाले महिलाहरु यसलाई वेवास्ता गर्छन् ।

थाइराइडका लक्षणहरु

—अनुहार सुन्निनु

—छाला चाउरिनु

—चिसो सहन नसक्नु

—तिव्र गतिले वजन बढ्नु

—कब्जियत हुनु

—मांसपेशीहरु गाँठो पर्नु आदि ।

यस्ता लक्षणहरु देखा परेमा तुरुन्त चिकित्सक कहाँ गएर थाइराइड स्क्रिनिङ गराउनु पर्छ ।

समयमा नै थाइराइडको उपचार भएन भने बच्चामा निम्न प्रकारको समस्या देखिन थाल्छ ।

—बच्चाको मस्तिष्कको सही तरिकाले बिकास नहुनु

—प्रीमेच्योर डेलीभरी हुनु (समय नपुगी बच्चा जन्मनु)

—मृत शिशुको जन्म हुनु

—बच्चाको वजन कम हुनु

—मुटुको धड्कन कम हुनु

—बच्चाको आई क्यू लेभल कम हुनु आदि ।

यी समस्याहरुलाई पछि निको हुन अति कठिन हुन्छ 

अहिले पनि कति महिलाहरुलाई थाइराइडको बारेमा थाहा छैन, थाइराइड भएपछि थाहा पाउँदा धेरै ढिला भैसकेको हुन्छ । जसका कारण यसको उपचार गर्न कठिन हुन्छ । थाइराइड भएका गर्भवती महिलालाई बच्चा जन्मि सकेपछि पनि यो समस्या रहिरहन पनि सक्छ । जसका कारण निम्न समस्याहरु शरीरमा देखा पर्न सक्छ ।

—रोग प्रतिरोधक क्षमता कम हुनु

—चिडचिडापन उत्पन्न हुनु

—वजन अत्याधिक बढ्नु

—बढि थकाइ लाग्नु

—कपाल अत्याधिक मात्रामा झर्नु आदि ।

यदि आफ्नो शरीरमा यस्ता प्रकारका समस्याको अनुभव गर्नु भयो भने तुरुन्त चिकित्सक कहाँ जानु आवश्यक छ ।

प्राय २५ देखि ४५ बर्षसम्मका महिलाहरुलाई थाइराइड स्क्रिनिङ गर्नु आवश्यक छ । यो उमेरमा महिलाहरु गर्भवती हुने र बच्चा जन्माउने र उनीहरु पालनपोषण गर्ने भएकोले यो उमेरका महिलाहरुलाई थायराइड स्क्रिनिङ अत्यन्त आवश्यक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?