Comments Add Comment

पुष्प र गरिमाको जोडीलाई भिडियोमा चल्नै सकस

नेपाली चलचित्र बजारमा नायक पुष्प खड्काको क्रेज राम्रो छ । पछिल्लो समय उदाएका नायकहरुमा पुष्प पनि चर्चामा छन् । लकडाउनपछि उनले २ वटा चलचित्रमा काम गर्ने पक्का भैसकेको छ । पुष्प खड्काको अभिनयको तारिफ त खुबै हुने गर्दछ । उनले चलचित्र ‘मंगलम’बाट ‘राष्ट्रिय चलचित्र पुरस्कार’ नै प्राप्त गरेका थिए । उनै, पुष्प लकडाउनपछि म्यूजिक भिडियोमा पनि काम गरिरहेका छन् । चलचित्रको काम नहुँदा कलाकारलाई दर्शकमाझ देखिने । आर्थिक रुपमा बलियो हुने बाटो बनेको छ भिडियो ।

पुष्पले लकडाउनपछि काम गरेका भिडियोमा विभिन्न कलाकारसँग काम गरे । जसमध्ये, टिकटकबाट म्यूजिक भिडियोमा आएकी गरिमा शर्मा पनि हुन् । पुष्प र गरिमाको जोडीले काम गरेको ४ वटा म्यूजिक भिडियो रिलिज भएको छ । तर, यो जोडीलाई दर्शकको साथ पाउन भने निकै गाह्रो भैरहेको छ ।

पुष्पसँग उनले ४ वटा गीतमा काम गरेपनि यी गीतको अवस्था भने खराब छ । हालै सार्वजनिक भएको ‘निरमाया जालैमा’ बोलको गीतले ४ दिनमा ९ हजार हारहारीको भ्यूज बटुलेको छ । पुष्प र गरिमाको जोडीलाई दर्शकले हेर्न खासै मन नगरेको यो गीतको भ्यूजबाट पुष्टी हुन्छ ।

साढे २ महिना अगाडि सार्वजनिक भएको ‘भुर भुर पुतली’ बोलको गीतको अवस्था पनि यस्तै छ । यो गीतलाई साढे २ महिनामा ३ लाख ४८ हजारले मात्र हेरेका छन् । यस्तै, २ महिना अगाडि सार्वजनिक भएको ‘तिम्रै लागि हो भने’ बोलको गीतको भिडियोमा पनि दर्शकले गरिमा र पुष्पलाई खासै रुची देखाएनन् । यो गीतलाई २ महिनामा ६ लाख ५१ हजारले मात्र हेरेका छन् ।

एक महिना अगाडि पुष्प र गरिमाले नै अभिनय गरेको ‘फापरको रोटी’ बोलको गीत रिलिज भएको थियो । यो गीतलाई एक महिनामा १ लाख २० हजार भ्यूज मिलेको छ । यसरीहेर्दा, ४ वटै गीतमा पुष्प र गरिमाको जोडीलाई दर्शकले हेर्न मन गरेका छैनन् ।

गरिमा शर्मा र सुधिर श्रेष्ठले अभिनय गरेको ‘नबोली नबोली’ बोलको गीत ८० लाख भ्यूज पाइसकेको छ । तर, यो गीतको अडियो बलियो भएर नै यसले दर्शकको साथ पाएको हो । २४ घन्टामा ३ लाख भन्दा केही माथि भ्यूज बटुलेको यो गीतको अडियो हिट भएपछि यसलाई दर्शकले मन पराएका हुन् ।

यो गीत बाहेक गरिमाले काम गरेका गीतले दर्शकको बलियो साथ पाएको देखिदैन । म्यूजिक भिडियोमा महंगो पारिश्रमिक दिएर निर्माताले कलाकार लिएपनि कलाकारको नाममै भिडियो चलेका उदाहरण निकै कम छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment