+
+
Shares

चितवनमा थप एकजना कोरोना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २५ गते १२:५३

२५ कात्तिक, काठमाडौं । चितवनमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत भरतपुर महानगरपालिका–१९ का ७७ वर्षीय पुरूषको उपचारको क्रममा सोमबार राति ८ः१८ बजे मृत्यु भएका अस्पतालका निर्देशक प्राध्यापक डा. दयाराम लम्सालले जानकारी दिए ।

श्वासप्रश्वासमा समस्यादेखिएपछि मेडिकल कलेजमा भर्ना भएका उनीमा २१ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोभिड आईसीयू कक्षमा राखेर उपचार थालिए पनि उनलाई बचाउन नसकिएको डा. लम्सालले बताए ।

डा. लम्सालका अनुसार उनी उच्च रक्तचाप, मधुमेह र मिर्गौलासम्बन्धी रोगबाट समेत ग्रसित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?