Comments Add Comment

बंगलादेशबाट मल आइपुग्न अर्को एक महिना लाग्ने

२५ कात्तिक, काठमाडौं । सरकारले बंगलादेशसँग किन्ने निर्णय गरेको ५० हजार मेट्रिक टन युरिया मल नेपाल आइपुग्न अझै एक महिना लाग्ने भएको छ ।

सरकारले निर्णय गरेपनि खरिद प्रक्रिया र अन्य कारणहरुले गर्दा मल नेपाल नै आईपुग्न कम्तिमा चार साता लाग्ने कृषि सामाग्री कम्पनी लिमिटेडले जनाएको छ ।

‘मल किन्ने बाटो खुलेको छ, अब प्रक्रियागत कामहरु थाल्छौँ, चार साता लाग्न सक्छ,’ कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले भने ।

मन्त्रालयले मन्त्रिपरिषद्को निर्णय प्राप्त गरेपछि बंगलादेशी कम्पनीसँग खरिद सम्झौताका लागि कृषि सामाग्री कम्पनीले मन्त्रालयबाट अनुमति पाउने भण्डारीले बताए ।

यही बीचमा बंगालदेशले मलको मूल्य पठाउने र दुई देशबीच मल खरिद सम्झौता हुने उनको भनाइ छ । यो सबै प्रक्रियाका लागि कम्तिमा एक साता लाग्ने र सम्झौता भएपछि मात्रै एलसी खोलिने छ । एलसी खोलेको मितिले मल आइपुग्न थप २० दिन समय लाग्ने कम्पनीले जनाएको छ ।

मल ल्याउन यसअघि नै ठेक्का पाइसकेको जेएन ट्रेड यूएईले रेलमार्ग भएर वीरगन्ज, विराटनगर र भैरहवाबाट मल थाल्ने प्रबन्ध सञ्चालक भण्डारी बताउँछन् ।

‘गहुँलाई हाल्ने मल आइपुग्छ, ढुक्क हुनका लागि म कृषकहरुलाई आग्रह गर्छु,’ भण्डारीले भने । मल किन्नका लागि आवश्यक बजेटको प्रबन्ध पनि भइसकेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment