Comments Add Comment

सुबिसु एमएएनआरएसमा हस्ताक्षर गर्ने नेपालको पहिलो आईएसपी

सुबिसु एमएएनआरएस (म्यानुअल्ली एग्रिड नर्म्स फर राउटिङ सेक्युरिटी)मा हस्ताक्षर गर्नेमा नेपालको पहिलो आईएसपी भएको छ ।

एमएएनआरएस भनेको राउटिङ सिक्युरिटी सम्बन्धी परामर्श दिनको लागि इन्टरनेट सोसाइटी ले सुरु गरेको ग्लोबल पहल हो ।

जसले इन्टरनेट राउटिङमा हुने समस्याहरुलाई दीर्घकालीन रुपमा समाधान गरी राउटिङ सेक्युरिटी सम्बन्धी सुरक्षित तरिकाले काम गर्न ठूलो भूमिका खेल्छ ।

एनटीएको साइबर सेक्युरिटी सम्बन्धी निर्देशिकामा एमएएनआरएसलाई हरेक आईएसपी, एनएसपी र टेल्कोसले अनिवार्यरुपमा लागू गर्नु पर्ने प्रावधान छ ।

इन्टरनेट जगतमा हरेक दिन साइबर सुरक्षा सम्बन्धी थुप्रै खालका घटना भइरहेका हुन्छन् ।  जसले गर्दा ग्लोबल इन्टरनेटमा नै विभिन्न समस्याहरु आइपर्छ । जस्तै राउट ह्याकिङ, राउट लिक, आईपी एड्रेस स्पुफिङ लगायतका नकारात्मक गतिबिधिहरुले गर्दा डीडीओएस एट्याक, ट्राफिक इन्सपेक्सन, लस अफ रेभिन्यु, रिपुटेसनल ड्यामेज, जस्ता समस्याहरु निम्त्याउँछ ।

एउटा आईएसपीको राउटिङ समस्यमले गर्दा ग्लोबल इन्टरनेटमै ब्यापक समस्या आइपर्ने हुँदा त्यो हुन नदिन एमएएनआरएसको ग्लोबल पहलमा सम्झौता गरिएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment