Comments Add Comment

सर्लाहीमा मौरीले टोक्दा आमाछोरी सिकिस्त

२६ कात्तिक, जनकपुरधाम । सर्लाहीको ब्रम्हपुरी गाउँपालिका-३ भेल्हीमा मौरीले टोक्दा आमाछोरी सिकिस्त बिरामी भएका छन् ।

घाँस काट्न गएको समयमा मौरीले टोक्दा स्थानीय दिनेश मुखियाकी ३० वर्षीया श्रीमती पार्वती मुखिया र उनकी १२ वर्षीया छोरी करिना बिरामी परेको प्रहरीले जनाएको छ ।

चौरमा घाँस काट्ने क्रममा आमाछोरीलाई मौरीले टोकेको थियो । उनीहरु दुवैको जिल्ला अस्पताल मलंगवामा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment