Comments Add Comment

परीक्षकलाई मोबाइल नम्बर दिएपछि २४० जनाको उपप्राध्यापक परीक्षा रद्द

२६ कात्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगले २४० जनाको उपप्राध्यापक पदको लिखित परीक्षा रद्द गरेको छ । उपप्राध्यापक बन्न उत्तरपुस्तिकामै मोबाइल नम्बर लेखेर पठाएपछि उनीहरूको परीक्षा र उत्तरपुस्तिकालाई मान्यता नदिने निर्णय भएको आयोगले जानकारी दिएको छ ।

‘…परीक्षकलाई आफ्नो पहिचान खुलाउने गरी तोकिएको ठाउँभन्दा अन्यन्त्र आफ्नो नाम, रोल नम्बर, फोन नम्बर लेखी परीक्षाको मर्यादा उल्लंघन गरेको पाइएकोले निजहरूको उत्तरपुस्तिका एवं परीक्षा समेत आयोगको निर्णय बमोजिम रद्द गरिएको छ’ आयोगले भनेको छ ।

आयोगले २८ कात्तिक २०७६ देखि २ पुस २०७६ मा सम्पन्न विभिन्न संकायका उपप्राध्यापक पदको परीक्षा र उत्तरपुस्तिका रद्द गरेको हो ।

चिकित्सा शिक्षा अध्ययन संस्थान अन्तर्गत १६ जनाको परीक्षा रद्द गरिएको आयोगले जनाएको छ । चिकित्सा शिक्षातर्फका अर्थोडोन्टिक्समा ४, २९, आयुर्वेदमा १६, ईएनटीमा २, ४, ७, कम्युनिटी मेडिसिनमा २, जनरल सर्जरीमा ८, पेरियोडोन्टिक्समा १४, १६, पिडियाट्रिक्समा ९, १२, १४, प्याथोलीमा ७, प्रोस्थोडोन्टिक्समा २४ र युरोलोजीमा ३ रोल नम्बर भएका परीक्षार्थीहरुको परीक्षा रद्द गरिएको हो ।

यस्तै, आयोगले इन्जिनियरिङ अध्ययन संस्थानतर्फ अटोमोबाइल इन्जिनियरिङमा ७, आर्किटेक्चर इन्जिनियरिङमा १२, २१, २३, ३०, इलेक्ट्रोनिक्स इन्जिनियरिङमा २, फ्रिह्याण्ड स्केचिङमा ४, मेकानिकल इन्जिनियरिङमा ६, १२ र सर्भे इन्जिनियरिङमा ११ रोल नम्बरको परीक्षा रद्द गरेको छ ।

सेवा आयोगका अनुसार कृषि तथा पशु विज्ञान अध्ययन संस्थान अन्तर्गत कृषि अर्थशास्त्रमा  १, १५, पशु विज्ञानमा ७, बाली विज्ञानमा ५ , माटो विज्ञानमा १ र मेडिकल बायोकेमस्ट्रिमा ७  रोल नम्बरका उत्तर पुस्तिका तथा परीक्षा रद्द भएको छ ।

विज्ञान तथा प्रविधि संस्थानतर्फ सबैभन्दा बढी ७७ जनाको परीक्षा रद्द भएको छ । जसमा कम्प्युटर विज्ञानका ८, ५७, खाद्य प्रविधि ९, गणित ३४, ७७, ९९, तथ्यांक शास्त्र २८, ८२, ८९, प्राणीशास्त्र ५१, ९९, १२५, १३८, १६१, १६९, १७५, १८१ र १९० फुडमाइक्रोवायोलोजी ४, बायोकेमेष्ट्रि ३, ७, ११, भौतिकशास्त्र ४२, १९९, ३१५, ४९८, ५०७, ५२६, ५८२, ६३५, माइक्रोवायोलोजी २१, ३७, ६८, ९९, ११०, ११६, १२९, रसायनशास्त्र ९, १०, ७७, २७३, ३२६, ३३८, ३५४, ४१९, ४२६, ४२७ वनस्पतिशास्त्र ८, १०, १५, १६, ३५, ३८, ४५, ५३, ५४, ६५, १२०, १३१, १३३, १४०, १४२, १५८, १६५, १८१, १८२ र वातावरण विज्ञानका ४, ८, १५, २३, ५९, ७६, ८४, ८६, ८६ र ९२ रोल नम्बरका परीक्षार्थी छन् ।

आयोगले मानविक तथा सामाजिकशास्त्र संकायतर्फका अंग्रेजी ४५, ११७, १२०, १३१, १३७, १७९, २२४, २३०, ३२९, ३६४, ३९९, ४९१, ५०२, ५३३, अर्थशास्त्र ३, १०२, ११८, १२९, १९९, २०८, २२३, २३८, कम्प्युटर एप्लिकेशन ४५, ११७, ग्रामीण विकास ८२, १५२, १४२, ५, १२९, १०७, सामाजिक कार्य १७, चित्रकला १८, जनसंख्या अध्ययन ७, २६, ३९ नेपाली १८१, १९९, २०५, २१५, २१९, २२९, २५२, २७९, २८४ पुस्तकालय विज्ञान २ ६ भूगोल १, ११, मनोविज्ञान ५ मानवशास्त्र १४, राजनीतिशास्त्र ३६, ४३, संस्कृति ७ र समाजशास्त्र ४८, ६९, ११३, १२२, १४४, १७५, १८३ रोल नम्बरको परीक्षा रद्द गरेको जनाएको छ ।

यस्तै, शिक्षा संकायतर्फ ३० जनाको परीक्षा रद्द भएको छ । जसमा अंग्रेजी शिक्षा रोल नम्बर ५३, ६०, ६१, ७२, १०४, २०१, २१५, २४४, २७३, गणित शिक्षा ५३, जनसंख्या शिक्षा २, ११, नेपाली शिक्षा २१, २९, ३८, ८२, १२६, २३७, विज्ञान शिक्षा ५, २१, शारीरिक शिक्षा ५, शिक्षाको आधार १२७, शैक्षिक योजना तथा व्यवस्थापन ५, २३, २७, सूचना प्रविधि शिक्षा ४ र स्वास्थ्य शिक्षा ४०, ४३, ७२, ७८ को परीक्षालाई आयोगले मान्यता नदिने भएको छ ।

व्यवस्थापन संकायका जनप्रशासनको १५, १९, २३, २८ र व्यवस्थापनको ७४, ८३, ९४, १०४, १०९, १२०, १२५, १६३, २४८, २६४, २६५, ३२१, ३२८, ४१४, ४२१, ५३४, ५४७, ५६४, ५७१, ५७३, ५८३, ५८४, ५८६, ६१६, ६५५, ७१३, ७२२, ७५२, ७५९, ७६०, ८०२, ८१६, ८७६, ९२३ रोल नम्बरको परीक्षा रद्द भएको छ ।

परीक्षा हलमा अनयिमित कार्य गरेको भन्दै कम्प्युटर एप्लिकेशन विषयको ६३, नेपालीको १५, ग्रामिण विकासको ६७ र समाजशास्त्रतर्फको ११८ रोल नम्बरको परीक्षा र उत्तरपुस्तिका रद्द गरिएको आयोगले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment