Comments Add Comment

महासंघको केन्द्रीय सदस्यका लागि उदयपुर अध्यक्षको उम्मेद्वारी

२६ कात्तिक, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यका लागि महासंघको उदयपुर अध्यक्ष गजेन्द्रकुमार भगतले उम्मेद्वारी दर्ता गराएका छन् । उदयपुरमा रहेर लामो समयदेखि उद्योग व्यवसाय गर्दैै आएका भगतले जिल्ला–नगरतर्फबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी दर्ता गराएका हुन् ।

बुधबार महासंघको केन्द्रीय कार्यालय टेकु पुगेर उम्मेद्वारी दर्ता गराएका उनले उद्योगी–व्यवसायीहरुको हितका लागि आवज उठाउनकै लागि आफूले उम्मेद्वारी दिएको प्रतिक्रिया दिए । उद्योगी–व्यवसायीहरुमा राम्रो छवी बनाएका भगत जिल्लाकै निकै सक्रिय व्यवसायी हुन् । उनी उद्योग वाणिज्य संघ, त्रियुगाको अध्यक्ष हुन् ।

महासंघको ५४औं वाषिर्क साधारणसभा तथा निर्वाचन आगामि मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ । गत चैत्रमा हुनुपर्ने महासंघको ५४औं साधारणसभा तथा निर्वाचन कोभिड–१९ का कारण स्थगित भएको थियो ।

पछि पटकपटक साधारणसभा तथा निर्वाचनको मिति तोकिए पनि कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेका लकडाउन तथा निषेधाज्ञाका कारण साधारणसभा हुन सकेको थिएन ।

वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्था अनुसार शेखर गोल्छा महासंघको आगामी अध्यक्ष बन्ने पक्का छ भने बाँकी पदहरुमा चुनाव हुँदैछ । आगामी वरिष्ठ उपाध्यक्षका लागि महासंघका वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान चुनावी मैदानमा उत्रिदैछन् ।

महासंघको वस्तुगत उपाध्यक्षमा वर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ भिड्दैछन् भने एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघई र शौरभ ज्योति र जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र गुणनिधि तिवारी भिड्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment