+
+
Shares

होम आइसोलेशनमा बसेकाको उपचार टेलिमेडिसिन प्रविधिबाट !

सूचीकृत हुन स्वास्थ्य संस्थालाई आह्वान

रासस रासस
२०७७ कात्तिक २६ गते १७:५१

२६ कात्तिक, काठमाडौं । सरकारले होम आइसोलेसनमा रहेका कोभिड–१९ सङ्क्रमितको उपचारका लागि स्वास्थ्य संस्थालाई सूचीकृत हुन आह्वान गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखाले बुधबार सूचना प्रकाशन गरी होम आइसोलेसनमा रहेका सङ्क्रमितका लागि सेवा सञ्चालन गर्न चाहने स्वास्थ्य संस्थालाई सूचीकृत हुन आह्वान गरेको हो ।

नेपालमा अहिलेसम्म २८ हजार ३९३ जना होम आइसोलेसनमा छन् । ‘होम आइसोलेसनमा रहेका सङ्क्रमितलाई टेलिमेडिसिन सेवाद्धारा स्वास्थ्य सेवा परामर्श, सामान्य उपचार, थप आवश्यक सूचना प्रदान गर्न इच्छुक सरकारबाट मान्यताप्राप्त स्वास्थ्य संख्याले महाशाखामा सूचीकृत हुनका लागि निवेदन पेश गर्न सूचना प्रकाशित गरिएको छ’, सूचनामा भनिएको छ, ‘सेवा प्रदायक स्वास्थ्यकर्मीहरु सम्बन्धित परिषदमा दर्ता हुनुपर्ने छ ।’

स्वास्थ्य संस्थाले सूचीकृत भएर होम आइसोलेसनमा रहेका सङ्क्रमितको उपचार गर्न सक्ने बताइएको छ । नेपालमा सङ्क्रमितको संख्या दुई लाख दुई हजार ३२९, निको एक लाख ६२ हजार २४३ र सङ्क्रमणबाट निधन हुनेको संख्या एक हजार १७४ पुगेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?