Comments Add Comment

सरोकारवाला भन्छन् : अब शिक्षा क्षेत्रको जानकारी अनलाइनमा हुनुपर्छ

काठमाडौं । नेपालमा अनलाइनमार्फत शिक्षा क्षेत्रका जानकारी दिने पोर्टलको आवश्यकता र महत्व खड्केको शिक्षाविद्हरुले औंल्याएका छन् । बिहीबार स्टडी इन्फो सेन्टर नामक वेबसाइट सार्वजनिक गर्ने जुम कार्यक्रमा बोल्दै उनीहरुले यस्तो बताएका हुन् ।

प्रमुख अतिथि पूर्वराजदूत तथा त्रिभुवन विश्वविद्यालयका उपकुलपति केदारभक्त माथेमाले स्टडी इन्फो सेन्टर डटकम नामक शैक्षिक सूचनामुलक वेबसाइट सुभारम्भ गर्दै यसले विद्यालयलाई इन्फर्म डिसिजन लिन निकै उपयोगितामुलक हुने बताए ।

विश्वमा अहिले पचासौँ लाख विद्यार्थी अन्तर्रास्ट्रिय शिक्षा लिन विभिन्न देशमा जाने गरेकै भन्दै उनले त्यस्ता विद्यार्थीलाई यस्ता पोर्टलले धेरै सहयोग गर्ने बताए ।

त्रिविका पुर्वउपकुलपति तीर्थ खनियाँ, कमलकृष्ण जोशी, पोखरा विश्व विद्यालयका उपकुलपति प्रेम नारायण अर्याल, पुर्वाञ्चल विश्व विद्यालयका पूर्वउकुलप्ति यादव कोइरालालगायतका शिक्षाविदहरुले एकै थलोमा जम्मा भएर यस्ता पोर्टलको महत्वबारे साझा धारणा व्यक्त गरेका हुन् ।

कार्यक्रममा विश्वका विभिन्न देशबाट सहभागी शिक्षाविद्हरु, विभिन्न शैक्षिक् प्रतिष्ठानका प्रमुखहरु, विद्यार्थीहरु तथा संचारकर्मीहरु सहभागी सहभागी थिए । आज सार्वजनिक गरिएको स्टडी इन्फो सेन्टर नेपालीहरुले निर्माण गरेको शिक्षा क्षेत्रसँग सम्बन्धित एकमात्र अनलाइन डाइरेक्टरी भएको दाबी गरिएको छ ।

कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघका उपध्यक्ष मन केसीले यो पोर्टल विश्वभरिको उच्च शिक्षाबारे जानकारी लिन चाहने हरेकलाई निकै उपयोगी रहेको बताए ।

यसमा विद्यार्थीलाई आफ्नो अवस्था तथा रोजाइको उच्च शिक्षाबारे देश, विश्वविद्यालय र विषय तुलना गर्न मिल्छ ।

अस्ट्रेलियामा रहेर विभिन्न शिक्षालयमा आबद्ध संजीव शर्माले भने, ‘आफ्नो देशमा र विदेशमा समेत आफूले अध्ययन गर्न चाहेको विषय, विश्विविद्यालय, त्यहाँ लाग्ने खर्च, त्यो स्थानमा रोजगारीमा अवसरहरु, विदेशमा हो भने त्यो देशको भिसा नीतिलगायतका सूचना पनि यो वेबसाइटबाट प्राप्त गर्न सक्नु निकै उपलाब्धि भएको बताए ।

आम विद्यार्थी, अविभावक शिक्षा सम्बन्धी अनुसन्धाता, परामर्शदाता तथा शैक्षिक सस्थांनहरुलाई यसले एकै ठाउँमा ल्याएर सूचना सहजीकरणका लागि विशेष भूमिका खेल्ने र सबैलाई  उपलब्धिमुलक हुने विश्वास लिएको स्टडी इन्फो सेन्टर संचालक टी एन अर्यालले बताए ।

कतिपय विषयमा विदेशमा रहेको शैक्षिक पाठ्यक्रम र त्यसको लागि आवश्यक शुल्क तथा शैक्षिक प्रणालीका बारेमा बेखबर हुँदा विदेशमा नेपाली विद्यार्थीले दु:ख पाउनु परेका उदाहरणहरु पनि देखेको बताउँदै उनले अमेरिका, अस्ट्रेलिया, युरोप र भारतसम्मका विश्वविद्यालय र यसका पाठयक्रम र  सबैखाले सूचनालाई एउटै छातामुनि एकै क्लीकमा तुलानात्मक अध्ययन गरी सूचना पाइनसक्ने वातावरण बनाउने प्रयासका रुपमा स्टडी इन्फो सेन्टरको आविस्कार भएको उनले बताए ।

उनले स्टडी इन्फो सेन्टर शैक्षिक गतिविधिका सूचनाले भरिपूर्ण वेभ साइट भएको बताउँदै यसमा  विद्यार्थीहरुले दर्जनौ देशका हजारौँ विश्वविद्यालय तथा शैक्षिक् संस्थामा पढिने लाखौँ विषयबारे तुलना गरेर आफूलाई सुहाउँदो देश, सहर, विश्वविद्यालय वा विषयको बारेमा पूर्ण जानकारी लिन सक्ने बताए ।

एक वर्षको अनुसन्धान तथा २० जना सूचना प्रविधि विज्ञहरु संलग्न उक्त पोर्टल अझै परिस्कृत हुने चरणमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment