+
+
Shares

यात्रुमा कोरोना देखिएपछि निगमलाई हङकङमा तेस्रोपटक प्रतिवन्ध

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २७ गते १६:२४

२७ कात्तिक, काठमाडौं । काठमाडौंबाट ९ नोभेम्बरमा पीसीआर नेगेटिभ रिर्पोट लिएर हङकङ पुगेका यात्रुमा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

नेपाल एयरलाइन्स (वायुसेवा निगम) को उडानलाई हङकङले पुनः उडानमा रोक लगाएको छ । अब नेपाल एयरलाइन्स २५ नोभेम्बरसम्म हङकङ उड्न पाउने छैन । कम्पनीका अनुसार उडान निषेधका कारण पूर्वनिर्धारित १६ र २३ नोभेम्बरमा हुने उडान रद्ध भएको छ ।

यात्रुमा कोरोना संक्रमण पुष्टि भएपछि नेपाल एयरलाइन्स हङकङमा प्रतिवन्धमा परेको यो तेस्रोपटक हो । यसअघि कम्पनीले नेपालमा हुने पीसीआर परीक्षणमा प्रश्न उठाएको थियो ।

अर्कोतर्फ पीसीआरका लागि ल्याब दिएपछि अनिवार्य क्वारेन्टिनमा बसेर स्वास्थ्य निर्देशिकाको पालना गर्न समेत नेपाल एयरलाइन्सले यात्रुलाई आग्रह गरेको छ । चीन र हङकङले अहिले कोरोना भाइरसको महामारी भित्रन नपाओस् भनी एयरलाइन्सहरुमाथि कडा निगरानी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?