+
+

सम्झना बिकको परिवारलाई सरकारले ३ लाख राहत दिने

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २७ गते १७:०३
सम्झनाको हत्यारालाई कारबाहीको माग गर्दै गरिएको धर्ना कार्यक्रम ।

२७ कात्तिक, काठमाडौं । बलात्कारपछि हत्या गरिएको बझाङकी १२ वर्षीय सम्झना बिकको परिवारलाई सरकारले ३ लाख आर्थिक सहायता प्रदाने गर्ने भएको छ

यही कात्तिक २० गते बसेको मन्त्रिपरिषदको बैठकले बालिकाको परिवारलाई राहतस्वरुप ३ लाख आर्थिक सहायता दिने निर्णय गरेको हो ।

गत असोज ७ गते साँझ गाईबस्तुलाई घाँस हाल्न गएकी  मस्टा गाउँपालिका- २ की सम्झना निर्वस्त्र अवस्थामा मृत भेटिएकी थिइन् । 

बलात्कारपछि सम्झनाको हत्या गरेको आरोपमा राजेन्द्र बोहोरा पक्राउ परेका छन् । बोहोराले त्रिसुलले हानेर सम्झनाको हत्या गरेको बयान दिएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?