+

एसियन गेम्स छनोट : इन्डोनेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा

२०८३ जेठ  १४ गते १४:४८ २०८३ जेठ १४ गते १४:४८
एसियन गेम्स छनोट : इन्डोनेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा

१४ जेठ, काठमाडौं । नेपाली महिला क्रिकेट टोली एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको खेलमा इन्डोनेसियालाई ४ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । इन्डोनेसियाले दिएको ११४ रनको लक्ष्य नेपालले ३ बल बाँकी छँदा ६ विकेटको क्षतिमा पूरा गर्‍यो ।

कप्तान इन्दु बर्माले ४३ बलमा अविजित ४२ रनको इनिङ खेलिन् । सोनी पाख्रिनले २९, कविता कुँवरले १४ अनि सीता राना मगरले अविजित १३ रन बनाइन् ।

इन्डोनेसियाका लागि ना मादे पुत्री सुवानदेवी र नि कदेक अरियानीले २-२ विकेट लिए भने इदादा लक्समी पारामिथा र साङ आयु नोम्यानले १-१ विकेट लिए ।

त्यसअघि मलेसियाको वायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको इन्डोनेसियाले २० ओभरमा ४ विकेट गुमाएर ११३ रन बनाएको थियो ।

इन्डोनेसियाका लागि कप्तान नि पुतु आयु नन्दा सकारिनीले अविजित ५२ रन बनाइन् । त्यस्तै नि लु केतुत वेसिका रतना देवीले २३  रन बनाइन् । नि मादे पुत्री सुवानदेवीले १३ रन बनाइन् ।

नेपालका लागि मनिषा उपाध्यायले २ तथा रिया शर्माले १ विकेट लिए ।

नेपालले यसअघि बुधबार चीनलाई पराजित गरेको थियो ।

नेपालले अब सेमिफाइनलमा मलेसियासँग खेल्नेछ । उक्त खेल जिते नेपाल एसियन गेम्समा छनोट हुनेछ ।

सेमिफाइनलमा पराजित भएपनि तेस्रो स्थानको खेलमा विजयी भएमा नेपाल छनोट हुनेछ ।

एसियन गेम्स क्रिकेट छनोट एसियन गेम्स छनोट नेपाली महिला क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय