१४ जेठ, काठमाडौं । एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत इन्डोनेसियासँगको खेल जित्न नेपालले ११४ रनको लक्ष्य पाएको छ ।
मलेसियाको वायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको इन्डोनेसियाले २० ओभरमा ४ विकेट गुमाएर ११३ रन बनाएको हो ।
इन्डोनेसियाका लागि कप्तान नि पुतु आयु नन्दा सकारिनीले अविजित ५२ रन बनाइन् । त्यस्तै नि लु केतुत वेसिका रतना देवीले २३ रन बनाइन् । नि मादे पुत्री सुवानदेवीले १३ रन बनाइन् ।
नेपालका लागि मनिषा उपाध्यायले २ तथा रिया शर्माले १ विकेट लिए ।
नेपालले यसअघि बुधबार चीनलाई पराजित गरेको थियो ।
प्रतिक्रिया 4