+

रोड टु युएफसी : फिलिपिन्सका किम्बर्टसँग खेल्दै नेपालका रविन्द्र

२०८३ जेठ  १४ गते ११:०७ २०८३ जेठ १४ गते ११:०७
रोड टु युएफसी : फिलिपिन्सका किम्बर्टसँग खेल्दै नेपालका रविन्द्र

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालका चर्चित एमएमए फाइटर रविन्द्र ढाँटले 'रोड टु युएफसी सिजन ५' को क्वाटरफाइनलमा आज फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनसँग प्रतिस्पर्धा गर्दैछन् ।
  • मकाउको ग्यालेक्सी एरेनामा आज हुने ब्यान्टमवेट समूहको यस खेल जित्ने खेलाडी युएफसीको मुख्य स्टेजका लागि छनोट हुनेछन् ।
  • व्यावसायिक एमएमएमा रविन्द्रले हालसम्म ९ फाइट जित्दा केवल १ फाइट मात्र गुमाएका छन् ।

१४ जेठ, काठमाडौं । नेपालका चर्चित एमएमए फाइटर रविन्द्र ढाँटले युएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी सिजन ५ मा प्रतिस्पर्धा गर्दैछन् ।

विश्वकै प्रतिष्ठित युएफसीको मुख्य स्टेजमा पुग्ने बाटोको रुपमा रहेको यस रोड टु युएफसीमा रविन्द्रले ब्यान्टमवेट मा प्रतिस्पर्धा गर्दैछन् ।

उनले रोड टु युएफसी सिजन ५ को क्वाटरफाइनलमा आज फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनसँग प्रतिस्पर्धा गर्नेछन् । मकाउको ग्यालेक्सी एरेनामा आज उक्त खेल हुँदैछ । यस तौल समूहमा विजेता बने रविन्द्र युएफसीको मुख्य स्टेजमा छनोट हुनेछन् ।

प्रोफेसनल एमएमए करियरमा रविन्द्रले ९ जित हात पार्दा १ फाइट मात्र गुमाएका छन् । किम्बर्टले भने ७ फाइट जित्दा ३ मा पराजित भएका छन् ।

रविन्द्र पछिल्लो समय नेपाली एमएमएमा सबैभन्दा चर्चित फाइटरको रुपमा चिनिन्छन् ।

उनले गत वर्ष भारतको ग्रेटर नोइडामा भएको मेट्रिक्स फाइट नाइट १७ मा भारतका चुङरेन कवरेनलाई नकआउट गर्दै टाइटल जितेका थिए ।

रविन्द्र ढाँट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय