News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौँमा जारी काभा महिला भलिबल च्याम्पियनसिपमा श्रीलङ्कालाई ३–१ को सेटमा पराजित गर्दै कीर्गिस्तान पाँचौँ भएको छ ।
- त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला कभर्डहलमा बुधबार भएको खेलमा पहिलो सेट गुमाए पनि कीर्गिस्तानले पुनरागमन गर्दै जित निकाल्यो ।
- कीर्गिस्तानसँग पराजित भएसँगै श्रीलङ्का भने प्रतियोगितामा छैटौँ स्थानमा सीमित भएको छ ।
१३ जेठ, काठमाडौं ।काठमाडौंमा जारी काभा महिला भलिबल च्याम्पियनसिपमा कीर्गिस्तान पाँचौं भएको छ ।
पाँचौं स्थानका लागि बुधबार भएको खेलमा किर्गिस्तानले श्रीलंकालाई ३-१ को सेटमा पराजित गर्दै पाँचाै स्थानमा रहेर प्रतियोगितामा सकाएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भएको खेलको पहिलो सेट श्रीलंकाले २५-१५ ले आफ्नो पक्षमा पारेपनि कीर्गिस्तानले त्यसपछि पुनरागमन गर्दै लगातार तीन सेट आफ्नो पक्षमा पार्दै खेल जितेको हो ।
कीर्गिस्तानले दोस्रो सेट २५-२३, तेस्रो सेट २५–२३ र चौथो सेट २५–१५ ले जित्दै नतिजा आफ्नो पक्षमा पारेको हो ।
समूह एमा दुई हार र एक जित हात पारेको कीर्गिस्तान समूहमा तेस्रो भएको थियो । त्यसपछि वरियताका लागि भएको खेलमा कीर्गिस्तानले समूह बी को चाैथो स्थानमा रहेको बंगलादेशलाई हराएको थियो ।
श्रीलंकालाइ हराएपछि कीर्गिस्तान पाँचाै बन्दा श्रीलंका छैटाै भयो ।
प्रतिक्रिया 4