News Summary
Generated by OK AI. Editorially reviewed.- एसियन गेम्सको महिला क्रिकेट छनोट अन्तर्गत पहिलो खेलमा नेपालले चीनलाई १२६ रनको लक्ष्य दिएको छ ।
- मलेसियामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १२५ रन बनायो ।
- नेपालका लागि पूजा महतोले ६३ रनको अर्धशतकीय योगदान दिइन् भने रुबी पोद्दार २२ रनमा अविजित रहिन् ।
१३ जेठ, काठमाडौं । एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मलेसियाको वायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १२५ रन बनाएको हो । पूजा महतोले ५७ बलमा ६ चौकासहित ६३ रन बनाइन् ।
रुबी पोद्दार २२ रनमा अविजित रहिन् भने सोनी पाख्रिनले १८ रन बनाइन् । कविता कुँवरले ५, सम्झना खड्का र रुबिना क्षेत्रीले ४-४ रन बनाए ।
चीनका लागि मा रुइकेले २ विकेट लिइन् भने वान हुइङ र लिय जियापिङले १-१ विकेट लिए ।
प्रतिक्रिया 4