Comments Add Comment

विभिन्न १२ ठाउँ औद्योगिक ग्राम घोषणा

२७ कात्तिक, काठमाडौं । सरकारले देशका विभिन्न १२ स्थानलाई औद्योगिक ग्राम घोषणा गरेको छ ।

कात्तिक २४ गते बसेको मन्त्रिपरिषद बैठकले गण्डकी प्रदेशका ५, प्रदेश १ का ३, कर्णाली प्रदेशका ३ र बागमती प्रदेशका १ स्थानलाई औद्योगिक ग्राम घोषणा गरेको हो ।

सरकारले उदयपुरको रौतामाई गाउँपालिका–५ को ६३ रोपनी २ आना सरकारी जग्गा, बेलका नगरपालिका–५ को ८ विघा सरकारी जग्गा र तेह्रथुमको म्याङलुङ गाउँपालिका– १ र १० ओख्रेटोलको ६४ रोपनी ४ आना सरकारी जग्गालाई औद्योगिक ग्राम तोकेको छ ।

त्यस्तै नुवाकोटको विदुर नगरपालिका– १० शुभघाट क्षेत्रको १८७ रोपनी जग्गा, जाजरकोटको शिवालय गाउँपालिका–४ तिमिलेपाखाको ४८ रोपनी जग्गा, सुर्खेतको भेरिगंगा नगरपालिका–११ को २० विघा जग्गा, सुर्खेतकै चौकुने गाउँपालिका ५ को १० विघा सामुदायिक वनको जग्गालाई औद्योगिक ग्राम तोकिएको छ ।

सरकारले गण्डकी प्रदेशमा स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ को ९३ रोपनी ८ आना सरकारी जग्गा, तनहुँको भानु नगरपालिका–३ को ४७ रोपनी जग्गा, नवलपरासी पूर्वको बौदीकाली गाउँपालिका– २ को १०० रोपनी जग्गा, मनाङको चामे गाउँपालिका–४ को १०० रोपनी जग्गा र पर्वतको कुश्मा नगरपालिका– १ को ३८४ रोपनी ८ आना जग्गालाई पनि औद्योगिक ग्राम तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment