Comments Add Comment

फूलले ढाकिएको इचंगुनारायण (फोटो फिचर)

२७ कात्तिक, काठमाडौं । तिहार सुरु हुने बेलामा काठमाडौंको इचङ्गुनारायणका किसानलाई भ्याइ नभ्याई हुन्छ । उनीहरुको आम्दानी गर्ने मुख्य समय यही हो । फूलखेती गर्ने यहाँका किसान फूल टिप्ने, माला उन्ने र बजार पठाउने काम र्गछन् ।

स्थानीय नानी गिरी किराना पसल बन्द गरेर फूल टिप्न ब्यस्त छिन् । १८ वर्षदेखि फूल खेती गर्दै आएकी गिरीले ३८ आनामा खेती गरेकी बताइन् ।

गत वर्ष भन्दा फूल धेरै उत्पादन भएको छ, तर मूल्य घटेको छ । गिरीले गत वर्ष १६० ढ्वाङ (डोको) फूल बिक्री गरेकी थिइन् । यो वर्ष ४०० ढ्वाङसम्म बिक्री गर्न सक्छिन् ।
तर बजारमा फूलको माग घटेको छ । मूल्य पनि गत वर्ष प्रतिढ्वाङ ५०० रुपैयाँ रहेकामा यस वर्ष २५० रुपैयाँ मात्र छ ।

हेर्नुहोस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment