Comments Add Comment

कोरोना संक्रमणबाट १८ जनाको मृत्यु

२७ कात्तिक, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ ।

काठमाडौंका ३ जना, झापा, मोरङ, ललितपुर, मकवानपुर, रुपन्देहीका २/२ जना तथा सुनसरी, भक्तपुर, सिन्धुपाल्चोक, चितवन र गुल्मीका १/१ जनाको मृत्यु भएको प्रदेशका सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालहरुले जनाएका छन् ।

  • गौरादह नगरपालिका-२, झापाकी ४९ वर्षीया महिलाको बिहीबार विहान विराटनगरको नोबल शिक्षण अस्पतालमा मृत्यु भएको छ । उनी ४ कात्तिकमा अस्पताल भर्ना भएकी थिइन् ।
  • दमक नगरपालिका-६, झापाकी ४६ वर्षीया महिलाको बुधबार राति मोरङको विराट शिक्षण अस्पतालमा मृत्यु भएको छ । उनी स्वासप्रश्वासमा समस्या भएपछि बुधबार नै अस्पताल भर्ना भएकी थिइन् ।
  • रंगेली नगरपालिका- ८, मोरङका ५५ वर्षीय पुरुषको बिहीबार विहान नोबल शिक्षण अस्पतालमा मृत्यु भएको छ । कोरोना संक्रमण देखिएपछि उनलाई कात्तिक १७ गते अस्पताल भर्ना गरिएको थियो ।
  • उर्लाबारी नगरपालिका-८, मोरङकी ४५ वर्षीया महिलाको होम आइसोलेसनमा बुधबार राति मृत्यु भएको छ । कात्तिक १५ गते संक्रमण पुष्टि भएकी उनलाई सास फेर्न गाह्रो भएपछि अस्पताल लैजाने तयारी गर्दागर्दै मृत्यु भएको हो ।
  •  इटहरी उपमहानगरपालिका-३, सुनसरीकी ४० वर्षीया महिलाको बिहीबार बिहान नोबल शिक्षण अस्पतालमा मृत्यु भएको छ । उनी ज्वरो आउने, सास फेर्न गाह्रो हुने समस्या देखिएपछि २६ कात्तिकमा अस्पताल भर्ना भएकी थिइन् ।
  • काठमाडौंका ६३ वर्षीय पुरुषको बुधबार मृत्यु भएको छ । निमोनिया र श्वासप्रश्वासमा समस्या भएर २५ कात्तिकमा अस्पताल भर्ना भएका उनलाई २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी उच्च रक्तचाप र रक्तअल्पत्ताको रोग समेत थियो ।
  • काठमाडौंकी ७८ वर्षीया महिलाको बुधबार मृत्यु भएको छ । उच्च रक्तचापकी बिरामी उनी १६ कात्तिकमा अस्पताल भर्ना भएकी थिइन् भने २० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • काठमाडौंका ६६ वर्षीय पुरुषको बिहीबार मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएर १७ कात्तिकमा अस्पताल भर्ना भएका उनलाई कोरोना सक्रमण भएको बिहीबार नै पुष्टि भएको थियो । उनमा अन्य रोग पनि थिएन ।
  • ललितपुरका ६५ वर्षीय पुरुषको बिहीबार मृत्यु भएको छ । निमोनिया भएर २० कात्तिकमा अस्पताल भर्ना भएका उनलाई २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • ललितपुरका ४२ वर्षीय पुरुषको बुधबार मृत्यु भएको छ । १८ कात्तिकमा अस्पताल भर्ना भएका उनलाई २० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • हेटौंडा उपमहानगरपालिका-१५, मकवानपुरका ४९ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा बुधबार राति मृत्यु भएको छ । २४ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएका उनी निमोनिया भएर बुधबार अस्पताल भर्ना भएका थिए ।
  • मकवानपुरका ४३ वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ । उनलाई ४ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको छ ।
  • भरतपुर-२, चितवनका ५५ वर्षीय पुरुषको बुधबार मृत्यु चएको छ । निमोनिया भएर २० कात्तिकमा अस्पताल भर्ना भएका उनी उच्च रक्तचाप र मधुमेहको बिरामी थिए ।
  • भक्तपुरका ७७ वर्षीय पुरुषको बुधबार मृत्यु भएको छ । २१ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएका उनी २४ गते अस्पताल भर्ना भएका थिए ।
  • सिन्धुपाल्चोकका ६५ वर्षीय पुरुषको बिहीबार मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएर २० कात्तिकमा अस्पताल भर्ना भएका उनलाई त्यही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । उनी उच्च रक्तचाप, मधुमेह, मिर्गौला र दमका समेत बिरामी थिए ।
  • बुटवल उपमहानगरपालिका-२, रुपन्देहीका ७१ वर्षीयका पुरुषको कोरोना विशेष अस्पतालमा बिहीबार मृत्यु भएको छ । २५ कात्तिकमा अस्पताल भर्ना भएका उनलाई सोही दिन संक्रमण पुष्टि भएको थियो ।
  • देवदह नगरपालिका-७, रुपन्देहीका ४७ वर्षीय पुरुषको कोरोना विशेष अस्पतालमा बिहीबार विहान मृत्यु भएको छ । कात्तिक २० गते संक्रमण पुष्टि भएका उनी २१ गते अस्पताल भर्ना भएका थिए ।
  • रेसुंगा नगरपालिका-१, गुल्मीका ६८ वर्षीय पुरुषको बिहीबार दिउँसो बुटवलस्थित कोरोना  विशेष अस्पतालमा मृत्यु भएको छ । २० कात्तिकमा संक्रमण पुष्टि भएका उनी त्यसको भोलिपल्ट अस्पताल भर्ना भएका थिए । उनी मधुमेहका बिरामी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment