२७ कात्तिक, काठमाडौं । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र भारतीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले नेपालगञ्जमा बन्ने एकीकृत जाँच चौकी (आईसीपी) को शिलान्यास गरेका छन् ।
भारतीय सरकारको सहयोगमा निर्माण हुन लागेको एकीकृत जाँच चौकीको भुमी पुजा र शिलान्यास कार्यक्रममा प्रमुख अथिति मन्त्री श्रेष्ठले भन्सार तथा अध्यागमन सुविधालाई एउटै छाता मुनी ल्याई दुई देशबीच मालबाहक सवारी साधनको आवतजावतलाई व्यवस्थित गर्न महत्वपूर्ण रहने बताए ।
उनले भारत सरकारको सहयोगमा चार स्थानमा चौकी निर्माण गर्ने सम्झौता भए अनुसार दुई वटा सम्पन्न भएर तेस्रो चौकीको शिलान्यास गर्ने मौका पाएकठले सदिऔंदेखि नेपाल र भारतको सम्बन्ध रहेको उल्लेख गरे ।
कोरोना महामारीको कारण नेपालगंज पुग्न नसकेपछि भर्चुअल रुपमा शिलान्यास गरिएको थियो । सोही अवसरमा भूमी पूजा गरिएको थियो ।
नेपालगञ्ज परियोजनाको राइट्स इन्टरनेशनल लिमिटेडको सुपरीवेक्षणमा पुणेस्थित राजदीप बिल्डकन प्राइभेट लिमिटेड नामक भारतीय कम्पनीले गर्नेछ ।
संरचना नेपालगञ्ज उप-महानगरपालिकाको जानकी गाउँपालिका वार्ड नम्बर १ र वार्ड नम्बर १६ मा नेपाल सरकारले पहिचान गरेको करिब ६२ ५ हेक्टर जग्गामा निर्माण गरिनेछ ।
कार्यक्रममा मन्त्री श्रेष्ठले नेपाल र भारतबीचको सम्बन्ध थप मजबुत हुदै जाने विश्वास व्यक्त गरे ।
उनले सन् २००५ देखि शुरु भएको परियोजनाले दुई देशबीचमा आर्थिक विकासमा सहज पुगेको बताए ।
चारमध्ये दुईवटा एकीकृत जाच चौकी निर्माण सम्पन्न भैसकेकेको र दुई वटा निर्माणको क्रममा रहेका छन् । दुवै सरकारले तोकिएकै समयमा सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
विशेष अतिथिको रुपमा नयाँ दिल्लीबाट चौकी सिलान्यास र भूमीपुजा अवलोकन गरेका शहरी विकासमन्त्रीका समकक्षी भारतीय वाणिज्य तथा उद्योग मन्त्री गोयलले नेपाल र भारतको सम्बन्ध अति महत्वपूर्ण रहेको बताए ।
उनले कोभिड महामारीको कारण आफू नेपालगंज आएर शिलान्यास गर्ने कार्यक्रम रोकिएको बताउँदै नेपाल आउने आफ्नो इच्छा पुरा हुन नसकेको उल्लेख गरे ।
उनले आफ्ना समकक्षी शहरी विकास मन्त्री श्रेष्ठलाई भारत भ्रमण गर्न आग्रह गर्दै भने,’तपाईंलाई भारत भ्रमणको लागि निम्तो छ, दुई देशबीच आर्थिक विकासको लागि मिलेर जान थुप्रै योजना बनाउनेछौं ।’
यसअघि वीरगञ्ज र बिराटनगरमा निर्मित एकीकृत जाँच चौकीको निर्माण सम्पन्न गरी सन् २०१८ को अपि्रल र सन् २०२० को जनवरी मा संयुक्त रुपमा उद्घाटन भैसकेको छ । योजना अनुसार अब नेपालगंज र भैरहवामा चौकी निर्माणको क्रममा रहेको छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4