+
+
Shares

चिनियाँ सेनासँग सम्बन्ध भएका कम्पनीमा लगानी गर्न रोक लगाउने ट्रम्पको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २८ गते १२:४०

२८ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले चिनियाँ सेनासँग सम्बन्ध भएका कम्पनीमा अमेरिकी लगानीको लागि रोक लगाउने निर्णय गरेको छ । ट्रम्प प्रशासनले बिहीबार चिनियाँ सेनाको स्वामित्व रहेका वा नियन्त्रण रहेका कम्पनीमा अमेरिकी लगानीमा प्रतिबन्धको योजना सार्वजनिक गरेको हो ।

अहिले अमेरिकाले ल्याएको योजनासँगै चाइना टेलिकम कम्पनी, चाइना मोबाइल कम्पनी र हिकभिजन कम्पनी जस्ता ठुला चिनियाँ कम्पनीहरु प्रत्यक्षरुपमा प्रभावित हुनेछन् ।

आगामी जनवरी ११ बाट कार्यान्वयनमा आउने गरी अमेरिकी प्रशासनले यस्तो निर्णय गरेको हो । अमेरिकी लगानीकर्तालाई चिनियाँ सेनाको सम्बन्ध रहेका कम्पनीबाट आफ्नो लगानी फिर्ता लैजान लगानीकर्ताहरुलाई सन् २०२१ नोभेम्बर ११ सम्मको समय दिइएको छ ।

ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा चीनले अमेरिकी स्रोतसाधनको प्रयोग गर्दै आफ्नो सैन्य विकास गरिरहेको भन्दै यस्तो निर्णय गर्नुपरेको उल्लेख छ। यस विषयमा चीनले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

स्रोत :रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?