Comments Add Comment

सारालाई ‘गुञ्जन’को आशा

अष्ट महर्जनको निर्देशनमा तयार भएको चलचित्र ‘गुञ्जन’को फस्टलुक सार्वजनिक गरिएको छ । दीपावलीको अवसर पारेर सार्वजनिक पोष्टरमा नायिका सारा सिर्पाली र नायक प्रितमराज सेन्चुरीलाई देख्न सकिन्छ । विगत २ दशकदेखि चलचित्रमा एक्सन निर्देशन गर्दै आएका अष्टको यो डेब्यू चलचित्र हो ।

उनले, आफूले चलचित्र क्षेत्रका सिकेको र जानेको कुरालाई नै यो चलचित्रमा प्रस्तुत गरेको बताएका छन् । प्रेमकथामा निर्माण भएको यो चलचित्रमा सरोज खनाल, हिउवाला गौतम, कविर खड्का, रोहनी शाही लगायतको अभिनय छ ।

हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको चलचित्रलाई ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको हो । चलचित्रमा नायिका नीता ढुङ्गानाको आइटम डान्स हेर्न सकिनेछ । उनले ‘कोही भन्छन् रसिली छु रे’ बोलको गीतमा आइटम नृत्य गरेकी छन् ।

राजु श्रेष्ठको छायांकन, बिपिन मल्लको सम्पादन, कबिराज गहतराजको नृत्य र कल्याण सिंह, अर्जुन पोखरेल र करणराज कार्कीको संगीत रहेको चलचित्रलाई काठमाण्डौ, पोखरा, जोमसोममा छायांकन गरिएको हो । लगातार ३ चलचित्र असफल भएर बक्स अफिसमा कमजोर देखिएकी नायिका साराका लागि यो चलचित्र विशेष छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment