Comments Add Comment

ब्रिट्नी स्पयर्सले हारिन् आफ्नै पिता विरुद्धको मुद्दा

गायिका तथा नायिका ब्रिट्नी स्पयर्सले आफ्नै बुबाको बिरुद्धमा जाहेरी गरेको मुद्दा उनले हारेकी छिन् । अदालतले उनका बुबाको पक्षमा फैसला सुनाएको हो ।

ब्रिट्नीले आफ्ना बुबालाई आफ्नो सम्पत्तीको संरक्षकबाट हटाउनका लागि आग्रह गर्दै लसएन्जल्सको अदालतमा मुद्दा दायर गरेकी थिइन् । सन् २००८ देखि उनका पिता जेम्स स्पेयर्स उनको सहसंरक्षक रहँदै आएका थिए ।

गतबर्षबाट जेम्स ब्रिट्नीको एकल संरक्षकको रुपमा थिए । ब्रिट्नीले दायर गरेको मुद्दामा आफ्ना पितालाई एकल संरक्षकबाट नहटाइएको खण्डमा आफूले गीत पनि नगाउने र चलचित्रमा पनि अभिनय नगर्ने बताएकी थिइन् । उनका पिताका वकिलले जेम्स संरक्षक भएपछि ब्रिट्नी ऋणमुक्त भएको भन्दै उनलाई संरक्षकबाट हटाउन नहुने बताएका थिए । ब्रिट्नीलाई अदालतले गतसाता संरक्षकका रुपमा नयाँ सदस्य थप्न मिल्ने अनुमती दिएको थियो ।

गायिका स्पेयर्स सन् २००७ मा ‘मेन्टल ब्रेकडाउन’ भएको खबर सार्वजनिक भएसँगै उनका पिता उनको संरक्षकको रुपमा रहँदै आएका छन् । ब्रिट्नीले आफूलाई आफ्ना पिताबाट सुरक्षा नभएको पनि बताउँदै आएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment