Comments Add Comment

दिल्लीमा कोरोनाबाट एकैदिन मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च

२८ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा भारतको राजधानी सहर नयाँ दिल्लीमा कोरोना भाइरस (कोभिड–१९) बाट एकैदिन सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट नयाँ दिल्लीमा १०४ जनाको कारण मृत्यु भएको हो । साथै उक्त अवधिमा नयाँ दिल्लीमा सात हजार ५३ नयाँ संक्रमित पनि फेला परेका छन् । नयाँ दिल्लीको प्रदूषित हावा र भौतिक दुरीको नियम राम्रोसँग पालना नगरिएको कारण पनि नयाँ दिल्लीमा कोरोना संक्रमण बढेको हो ।

विशेषगरी दीपावली आउनुभन्दा अगाडि देखिएको नयाँ दिल्लीको यो अवस्थालाई धेरैले चिन्ताको रुपमा हेरेका छन् । नयाँ दिल्लीमा गत सेप्टेम्बरको मध्यमा दैनिक संक्रमितको संख्या अहिलेसम्मकै उच्च विन्दुमा पुगेसँगै बिस्तारै घट्दै आएको थियो । तर, पछिल्लो केही समययता भने नयाँ दिल्लीमा नयाँ संक्रमितको संख्यामा पनि उल्लेख्य वृद्धि भएको हो ।

नयाँ दिल्लीका एम्बुलेन्स चालक ३८ वर्षीय राजेशलाई पनि पछिल्लो साता मृत्यु हुनेको संख्यामा देखिएको उल्लेख्य वृद्धिले अचम्ममा पारेको छ । उनी अत्यधिक प्रदूषण र भिडभाडले कोरोनाबाट मृत्यु हुनेको संख्या बढेको हुन सक्ने बताउँछन् । पछिल्लो समय दिल्लीमा आईसीयू मात्र होइन कोरोना संक्रमितको बेड पनि पाउन कठिन हुन थालेको छ ।

डाक्टरहरु पनि प्रदूषणको कारण कोरोना संक्रमण बढेको बताउँछन् । उनीहरुका अनुसार सबैभन्दा मसिना कणहरुको मापन गर्ने पीएम २.५ सूचकका अनुसार नयाँ दिल्लीको प्रदूषण अत्यधिक छ । यसले मानिस फोक्सोमा असर पु¥याउनुका साथै कोरोना संक्रमण फैलाउन पनि यो सहायक सिद्ध हुने उनीहरुको भनाइ छ ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment