+
+
Shares

केपी ओली नेतृत्वको सरकार इतिहासकै अनैतिक : जितेन्द्र सोनल

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २८ गते १४:४६

२८ कात्तिक, वीरगञ्ज । प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले केपी ओली नेतृत्वको सरकार इतिहासकै अनैतिक सरकार भएको बताएका छन् ।

बाराको प्रसौनी गाउँपालिका-५ बहुअरीमा शुक्रबार स्वच्छ समाज युवा क्बलको उद्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले नयाँ संविधानपछि बनेको सरकार लोक कल्याणकारी हुनुपर्नेमा त्यसको विपरीत भएको तर्क गरे ।

‘विभिन्न आन्दोलनपछि, नयाँ संविधान बनेपछिको सरकार लोक कल्याणकारी हुनुपर्ने हो । तर लोक कता छ, कल्याण कथा छ, विधि कता छ व्यवस्था कहाँ छ थाहै लाग्दैन,’ उनले भने, ‘यस्तो अनइथिकल सरकार इतिहासमा कहिल्यै देखिएको छैन । पार्टीकै नेताहरुले पनि यसै भन्छन् ।’

सरकारको अन्तर्राष्ट्रिय विश्वसनीयता घटेको र प्रदेशसँग समेत समन्वय नगर्ने गरेको उनले बताए ।

देश राजनीतिक दुर्घटनामा जाने अवस्थामा रहेको बताउँदै उनले आवश्यक पर्दा फेरि लाठी उठाउन तयार रहेको बताए ।

उनले समाजमा व्याप्त विभेद राजनीति र कानुनीरुपमा समाप्त भए पनि सामाजिकरुपमा अझै यथावत रहेको भन्दै त्यसलाई सरकारले मात्रै समाप्त गर्न नसक्ने उनको भनाइ छ ।

क्लबका अध्यक्ष भुपेन्द्र पटेलको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री सोनलले सामुदायिक शौचालयका लागि बजेट दिने तथा जमिन र टिम दिए सडक बनाउन आवश्यक बजेट छुट्याउने आश्वासन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?