Comments Add Comment

बाराको पचरौता १ का वडाध्यक्षको निधन

२८ कात्तिक, वीरगञ्ज । बाराको पचरौता नगरपालिका-१ का वडाध्यक्ष जगतनारायण प्रसाद यादको शुक्रबार निधन भएको छ । वीरगञ्जस्थित प्रभु अस्पतालमा उपचारका क्रममा ६५ वर्षीय यादवको मृत्यु भएको हो ।

ढाडमा समस्या देखिएपछि शुक्रबार नै उपचारका लागि उनलाई प्रभु अस्पतालमा लगिएको थियो । अस्पतालको आकस्मिक कक्षमा राखेर उपचार गराउने क्रममा शुक्रबार दिउँसो साढे १ बजे उनको निधन भएको नगर प्रमुख रमेशकुमार यादवले बताए ।

प्रभु अस्पतालका डाक्टर अभिषेक अर्यालले यादवमा उच्च रक्तचाप र मुटुको समस्या देखिएको जानकारी दिए । ‘ढाड, पेट तथा छाती दुख्ने, मुटुको धडकन बढ्ने भएपछि उहाँ अस्पताल आउनु भएको हो । उहाँमा थाइरोइड, मधुमेह उच्च रक्तचापसँगै मुटुको समस्या पनि रहेछ । मुटुले २०–३० प्रतिशत मात्रै काम गरिरहेको पुरानो कागजातहरुले पनि देखाउँछ,’ डाक्टर अर्यालले भने, ‘ आकस्मिक कक्षमा भर्ना भएदेखि हामीले समस्याको पहिचान गरिरहेका थियौं । तर पनि उहाँलाई बचाउन सकिएन ।’

स्थानीय तहको निर्वाचनमा तत्कालिन नेकपा एमालेबाट उनी वडाध्यक्षमा निर्वाचित भएका थिए । वडाध्यक्ष यादव बिहानसम्म पनि वडा मै एउटा विवाद समाधानका लागि छलफलमा थिए । स्वास्थ्यमा समस्या देखिएपछि वीरगञ्जमा उपचारका लागि आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment