+
+
Shares

प्रितम आचार्यको ‘म पागल सरी’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २९ गते १६:५०

गायक प्रितम आचार्यको स्वरमा ‘म पागल सरी’ सार्वजनिक भएको छ । प्रितम भारतीय टेलिभिजनको चर्चित रियालिटी शो ‘सारेगमप’का फस्ट रनरअप समेत हुन् । शुक्रबार अमेरिकाको इन्टरनेसनल फ्रेन्ड्स बार रेष्टुरेन्टमा आयोजित कार्यक्रममा यो गीत सार्वजनिक गरिएको थियो । शशी विक्रम थापाको संगीतमा तयार गीतमा प्रभाकर देव शर्माको शब्द छ ।

रुपेश उप्रेतीतले निर्देशन गरेको भिडियोमा योगेन थापाको छायांकन र सम्पादन छ । भिडियोमा मुकेश अधिकारी, गोमा बास्कोटा, निश्चल अधिकारी, लिजा बास्तोला, आयुष रिजालको अभिनय छ । अमेरिकाको विभिन्न ठाउँमा यो भिडियोको छायांकन गरिएको छ । एलडी बास्तोलाले भिडियोमा लगानी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?