
३० कात्तिक, काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या १३ लाख नाघेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अहिलेसम्म विश्वभर १३ लाख १० हजार ७३२ जनाको मृत्यु भइसकेको छ ।
सबैभन्दा धेरै अमेरिकामा दुई लाख ४५ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ भने ब्राजिलमा एक लाख ६५ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । भारतमा पनि कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख २९ हजार नाघेको छ ।
अहिलेसम्म विश्वभर पाँच करोड ३८ लाख नाघेको छ । अमेरिकामा एक करोड नौ लाखभन्दा धेरै संक्रमित फेला परिसकेका छन् भने भारतमा ८७ लाखभन्दा धेरै संक्रमित फेला परिसकेका छन् ।
शनिबार विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले पछिल्लो २४ घण्टामा विश्वभर ६ लाख ५७ हजारभन्दा धेरै संक्रमित फेला परेको बताएको थियो । डब्ल्यूएचओका अनुसार पहिलोपटक एकैदिन यति धेरै संख्यामा कोरोना संक्रमित फेला परेका हुन् ।
प्रतिक्रिया 4