Comments Add Comment

कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

१ मंसिर, बुटवल । कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा एकजना महिलाको मृत्यु भएको छ ।

श्रीमान् श्रीमती चढेको मोटरसाइकल बाणगंगा नगरपालिका–५ कोपवामा दुर्घटना हुँदा ४० बर्षीय रामकली चौधरीको मृत्यु भएको हो ।

बाणगंगा–११ का अनिरुद्र चौधरीले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा उनकी श्रीमती रामकलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दिनेश गुरुङले बताए ।

दुर्घटनामा अनिरुद्रसमेत घाइते भएका छन् । दुर्घटनापछि अनिरुद्रले श्रीमतीलाई सडकमै छाडेर अटो रिक्सा लिन घर गएका थिए ।

घरबाट आउँदा श्रीमतीको मृत्यु भएको देखेपछि उनले प्रहरीलाई खबर नगरी पुनः घरमा गएको अनुसन्धानका क्रममा खुलेको प्रहरी निरीरिक्षक गुरुङले बताए ।

कोपवास्थित महेन्द्र माध्यमिक विद्यालयदेखि २ सय मिटर पश्चिममा महिलाको शव देखेपछि सोमबार बिहान स्थानियले इलाका प्रहरी कार्यालय पिपरालाई खबर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment