Comments Add Comment

सातौं पटक मुख्यमन्त्री बने नितिश कुमार

१ मंसिर, काठमाडौं । राजनीतिमा एउटा भनाइ प्रचलित छ, जसको जति संख्या भारी, उसलाई त्यति नै हिस्सेदारी ।

विहार विधानसभामा सबैभन्दा धेरै सिट गुमाएका जनता दल युनाइटेडका नितिश कुमारका हकमा भने यो लागू भएन । अघिल्लो पटक ७१ सिट जितेको उनको पार्टीले यो पटक २८ सिट गुमायो र ४३ सिटसहित तेस्रो दल मात्र बन्यो ।

राष्ट्रिय जनता दल ७५ सिटसहित पहिलो रभारतीय जनता पार्टी -भाजपा) ७१ सिटसहित दोस्रो दल बन्यो । भाजपाले अघिल्लो चुनावभन्दा २१ सिट बढी जितेको हो ।

भाजपाले एनडीए गठबन्धनको संसदीय दलको नेतामा नितिशकुमारलाई नै समर्थन गरेर मुख्यमन्त्रीका लागि सहज बनायो । नितिशकुमारले सोमबार सपथ लिएका छन् ।
नितिशको पार्टीले मुख्यमन्त्रीसहित ६ मन्त्री र भाजपाका सात मन्त्रीले सपथ लिएका छन् । वीआईपी र हमका एकएक मन्त्री छन् ।

विधानसभाको सबैभन्दा ठूलो दल प्रमुुख विपक्षी बनेको छ राष्ट्रिय जनता दलका नेता तेजश्वी यादवले नितिशकुमारलाई बधाई दिँदै मनोनित मुख्यमन्त्री भनेका छन् ।

राजनीतिक विश्लेषकहरुले पनि नितिश कुमारको यो कार्यकाल उनको राजनीतिक जीवनकै सबभन्दा चुनौतीपूर्ण हुनेछ । कतिपयले भने अब बिहारले बदलिएको नितिश कुमार देख्ने बताएका छन् । किनकी अब उसले सरकार चलाउने तरिका फेर्नुपर्छ ।

सुशील मोदी नहुनु उनका लागि सबभन्दा ठूलो चुनौती हुनेछ । सुशील मोदीलाई मिस गर्नुहुन्छ ? सपथपछि सोधिएको प्रश्नमा उनले भनेका छन्, ‘यस ।’

सत्ता साझेदारी भारतीय जनता पार्टीका तर्फबाट तारकिशोर प्रसाद र रेणुदेवीले मन्त्री पदको सपथ लिएका छन् । उनीहरु दुबैलाई उपमुख्यमन्त्री समते बनाउने सम्भावना रहेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment