Comments Add Comment

जन्मदिनमा साम्राज्ञीः उतारचढावका विच अगाडि बढेको करिअर

वि.सं २०५२ साल मंसिर २ गते नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको जन्म भएको हो । उनै, साम्राज्ञीले आज आफ्नो २५ औं जन्मदिन मनाइरहेकी छिन् । आमा नेहा राज्यलक्ष्मी शाह र पिता महेश विक्रम शाहको कोखबाट जन्मिएकी साम्राज्ञीले चलचित्र ‘ड्रिम्स’बाट नेपाली चलचित्र क्षेत्रमा पाइला राखेकी हुन् ।

पहिलो चलचित्रबाट नै सफलता हात पारेकी यी सुन्दरीले दोश्रो चलचित्र ‘ए मेरो हजुर २’ हिट भएपछि आफूलाई यो क्षेत्रमा बलियो रुपमा उभ्याएकी थिइन् ।

तर, चलचित्र करिअरको यात्रामा साम्राज्ञीका लागि यसपछिका दिनहरु खासै सुखद बनेका छैनन् । ‘तिमी सँग, कायरा, मारुनी, रातो टिका निधारमा’ जस्ता चलचित्रले उनलाई सफलताको स्वाद चखाउन सकेनन् । चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’बाट भने उनलाई फाइदा नै भयो ।

साम्राज्ञीको करिअरमा विवाद पनि एकसाथ अगाडि बढेको देखिन्छ । नायक भूवन केसीसँगको वाकयुद्धले लकडाउन अवधीभर उनलाई चर्चामा राखेको थियो ।

यो बाहेक प्रेम सम्बन्धले पनि उनी चर्चामा रहेको पाइन्छ । प्रेमीसँग बालीमा रमाउने क्रममा खिचाएका केही तस्वीरले उनलाई आलोचना भोग्न वाध्य बनायो । चलचित्र ‘कायरा’को छायांकनका क्रममा खोपेको ट्याटुले पनि उनलाई आलोचित बनायो ।

साम्राज्ञी आफ्नो बोलीका कारण पनि आलोचित भैरहेकी छिन् । उनै, साम्राज्ञीको आगमनपछि चलचित्र क्षेत्रले उनमा स्टार नायिकाको प्रतिबिम्ब देख्न थालेको थियो ।

लकडाउनपछि ३ वटा चलचित्र साइन गरेकी साम्राज्ञीप्रतिको विश्वास अझै पनि निर्मातामा कम भएको भने छैन । नेपाली चलचित्रमा यूवापुस्तालाई हलसम्म तान्न उनको भूमिका पनि विर्सन सकिदैन ।
२५ बर्षमा प्रवेश गरेकी नायिकालाई जन्मदिनको धेरै धेरै शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment