Comments Add Comment

इथियोपियाको टिग्रेमा सरकारी सेनाद्वारा बमबारी

२ मंसिर, काठमाडौं । इथियोपियाको टिग्रे प्रान्तमा सरकारी सेनाले बमबारी गरेको छ । अन्तर्राष्ट्रिय समुदायको विरोधका बीच इथियोपियाको सरकारले उक्त प्रान्तमा बम खसालेको हो । इथियोपिया सरकारको इमजेन्सी टास्क फोर्सका अनुसार नेशनल डिफेन्स फोर्सले टिग्रेको राजधानी मकेल्लेनजिकै आक्रमण गरेको हो ।

इथियोपियाका प्रधानमन्त्री अबिय अहमदले मंगलबार आफूले टिग्रेको विशेष सुरक्षा बललाई आत्मसमर्पणको लागि तीन दिने अल्टिमेटम दिएको भए पनि उक्त म्यादको बेवास्ता गरेकाले टिग्रेमा आक्रमण गरिएको बताएका हुन् । प्रधानमन्त्री अहमदले यो प्रान्तमा कानुन कार्यान्वयनको अन्तिम कारबाही आगामी दिनमा गरिने चेतावनीसमेत दिएका छन् ।

पछिल्लो दुई सातादेखि इथियोपियामा आन्तरिक लडाइँ सुरु भएको छ । प्रधानमन्त्री अहमदले टिग्रेमा सरकारी सेनामाथि स्थानीय सुरक्षा बलले आक्रमण गरेको भन्दै त्यसको जवाफी कारबाहीका लागि निर्देशन दिएका थिए । यससँगै इथियोपियाको आन्तरिक द्वन्द्व सुरु भएको हो । अन्तर्राष्ट्रिय समुदायले भने इथियोपियाका प्रधानमन्त्रीको यो कदमको विरोध गरेका छन् ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment