Comments Add Comment

लगानीमैत्री नीति निर्माणका लागि मेरो उम्मेद्वारी : अम्बिका पौडेल

२ मंसिर, काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको चुनावी माहोल तातिदै गएको छ । दशैं लगत्तै चुनावी अभियान सुरु गरेका उम्मेद्वारहरु जिल्ला–जिल्लामा पुगेर भोट मागे । तिहारका लागि केहि दिन यता देश–दौडाहा स्थगित गरेका उम्मेद्वारहरु तिहार सकिएसँगै भोलि बुधबार पुनः देश दौडामा निस्कदैछन् ।

महासंघका दुई वर्तमान उपाध्यक्षद्वय किशोर प्रधान र चन्द्र ढकाल वरिष्ठ उपाध्यक्षका लागि प्यानल सहित उम्मेद्वारी दर्ता गराएर यतिबेला भोट माग्दै हिडिरहेका छन् । वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने वैधानिक व्यवस्था अनुसार अबको अध्यक्ष शेखर गोल्छा हुनेछन् भने गोल्छा पछिको अध्यक्ष भने अहिलेका उम्मेद्वार मध्ये एक हुनेछन् ।

प्यानलसहित दुई पक्ष उम्मेद्वार बनेपछि उद्योगी–व्यवसायीहरु पनि विभाजित बनेका छन् । ति मध्ये ढकाल पक्षबाट केन्द्रीय सदस्यमा उमेद्वारी दिने व्यक्ति हुन्, अम्बिका प्रसाद पौडेल  । पुँजी बजारको विकास र विस्तारमा सक्रिय भूमिका खेल्ने पौडेलले महासंघमा आफ्नो उपस्थिति भए लगानीकर्तामैत्री नीति निर्माणमा आफ्नो भूमिका खेल्ने बताउँदै आएका छन् ।

पुँजी बजारमा आवद्ध नहुने उद्योगी व्यवसायी कम नै हुन्छन् । तर पुँजी बजारलाई नै पहिलो प्राथमिकतामा राखेर ठूलो संगठनमा प्रवेश गर्न चाहने पौडेल सम्भवतः पहिलो उम्मेद्वार हुन् ।

पुँजी बजारका लगानीकर्ताहरुको पुरानो संगठन नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष समेत रहेका पौडेल अन्य उद्योग व्यवसायमा पनि संलग्न छन् । तर महासंघको राजनीतिमा प्रवेश गरेपछि अन्य भन्दा पनि पुँजी बजारकै लागि समय खर्चने उनले बताएका छन् ।

को हुन् अम्बिका ?

अम्बिका पौडेल पुँजी बजारका लागि एउटा परिचित नाम हो । इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष रहेका पौडेल पूर्व निजामति कर्मचारी समेत हुन् । स्यांजाको सामान्य परिवारमा जन्मिएर हुर्किएका पौडेलले एसएलसीसम्मको अध्ययन गाउँकै विद्यालयमा पुरान गरे ।

उच्च शिक्षाका लागि पोखरा झरेका उनले आइकमसम्मको अध्ययन पछि स्नातक गर्न काठमाडौं आए । काठमाडौंको शंकदरदेव क्याम्पसबाट एमबीएसम्मको अध्ययन पुरा गरे । उनले पछि सार्वजनिक प्रशासनमा पनि स्नात्तकोत्तर गरे ।

पुँजी बजारमा २०४९ सालदेखि नै जोडिएका पौडेल २०५५ सालमा लेखा अधिकृतको रुपमा निजामति सेवा प्रवेश गरे । महालेखा परीक्षकको कार्यालयमा लेखा अधिकृत भएर काम गरेका उनले २०६५ सालमा भने सरकारी जागिर छाडे ।

सरकारी जागिर छाडे पछि उनी पूर्णकालिन रुपमा सेयर बजारमा लाग्न थाले । सेयर बजारमा लगानीमात्रै होइन नीति निर्माण तहमा समेत आफ्नो उपस्थिति देखाउने गरेका पौडेल त्यसयता सधै व्यवसायमा केन्द्रि भए ।

उनी एक दर्जन हाराहारीका कम्पनीहरुमा सञ्चालकहरुको रुपमा का गरेका छन् । धेरै कम्पनीहरुको सेयर पौडेलले होल्ड गरेका छन् । तत्कालिन हाथ वे फाइनान्सको अध्यक्ष रहेका पौडेल काठमाडौं नजिकैको चर्चित गन्तव्य चन्द्रागिरि हिल्सको सञ्चालक हुन् ।

उनी स्काई टच इन्भेष्टमेन्ट एण्ड कन्सलटेण्ट तथा ए एण्ड ए बिल्डर पांलिका अध्यक्ष रहेका छन् भने आइएमई जनरल इन्स्योरेन्स, हिमालयन पावर पार्टनर लि, हाथवे इन्भेष्टमेन्ट नेपाल लि, बुढानिलकण्ठ हेरिटेज, न्यूलिंक कपी उद्योग र ग्रेट हाइड्रोपावर कम्पनीको सञ्चालक रहेका छन् । उनी निर्माण व्यवसायसँग समेत आवद्ध छन् ।

‘पुँजी बजारको विकासका लागि मेरो उम्मेद्वारी’

उत्पादनमूलक उद्योगदेखि बैंक, बिमा, पर्यटन लगायतका धेरै क्षेत्रमा आवद्ध रहेका पौडेल आफ्नो उम्मेद्वारी पुँजी बजारको विकास र विस्तारकै लागि भएको बताउँछन् ।

पुँजी बजारका समस्याहरु आफूले राम्रोसँग बुझेको र ति समसइाहरु समाधान गराउनका लागि महासंघबाट सहज हुने भएकाले आफूले उम्मेद्वारी दिएको पौडेलले बताए ।

‘म लामो समयदेखि पुँजी बजारमा आवद्ध छु, पुँजी बजारको समस्या र कसरी सुधार गर्न सकिन्छ भन्ने विषयमा मैले राम्रोसँग बुझेको छु’ उनले भने, ‘यसका लागि एफएनसीसीआईबाट आवाज उठाउन सहज हुन्छ, यसका लागि नै मैले उम्मेद्वारी दिएको हुँ ।’

आफूले चुनाव जिते लगानीकर्तामैत्री नीति निर्माणमाउपस्थिति देखाउने यनले बनाए । लामो समय भइसक्दा पनि पुँजी बजार जुन रुपमा अघि बढ्नु पर्ने त्यस अनुसार नबढेको भन्दै यसको सुधारका लागि आफ्नो भूमिका रहने पौडेलको भनाई छ ।

महासंघको राजनीतिमा लागेका अधिकांश पुँजी बजारमा जोडिएकै हुन्छन् । तर आफू भने पूर्ण रुपमा पुँजी बजारकै लागि सक्रिय भएका कारणले पनि यो क्षेको विकास र विस्तारका लागि आफ्नो जित आवश्यक रहेको उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment