Comments Add Comment

खोपले मात्र कोरोना महामारी अन्त्य गर्न सक्दैन – डब्ल्यूएचओ

२ मंसिर, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डाक्टर टेड्रोस अधानम गेब्रेयेससले सोमबार कोरोना भाइरस (कोभिड-१९) को महामारी खोपले मात्र अन्त्य गर्न नसक्ने बताएका छन् ।

पछिल्लो समय विभिन्न कम्पनीहरुले निर्माणको क्रममा रहेको खोपको परीक्षणको नतिजाहरु सार्वजनिक गरिरहेको अवस्थामा गेब्रेयेससले यस्तो बताएका हुन् । उनले भने, ‘खोप हामीसँग भएका अन्य उपकरणहरुको पूरक हुन सक्छ तर त्यसलाई विस्थापित गर्न सक्दैन ।’ खोपले मात्र महामारी अन्त्य गर्न नसक्ने उनको भनाइ छ ।

गेब्रेयेससले कोरोना खोप आएपछि सबैभन्दा पहिला जोखिममा रहेका वर्गलाई प्राथमिकता दिइने बताएका छन् । यसले बिस्तारै मृत्यु हुनेको संख्यामा कमी आउने र स्वास्थ्य प्रणालीमाथिको दबाब पनि कम गर्न सहयोग पुग्ने बताएका छन् ।

अहिलेसम्म विश्वभर पाँच करोड ५० लाखभन्दा धेरै कोरोना संक्रमित फेला परिसकेका छन् भने १३ लाख २८ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । डब्ल्यूएचओका अनुसार गत शनिबार एकैदिन ६ लाख ६० हजारभन्दा धेरै कोरोना संक्रमित फेला परेका थिए । एकैदिनमा भेटिएका कोरोना संक्रमितको यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो ।

स्रोत : एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment