+
+
Shares

अमेरिकी सेनाले लोकप्रिय एपहरुबाट डेटा किन्ने गरेको खुलासा

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २ गते १८:०४

२ मंसिर, काठमाडौं । अमेरिकी सेनाले विश्वभरका एपहरुबाट व्यक्तिगत र निजी सूचनाहरु खरिद गर्ने गरेको खुलेको छ । जसमा धेरै मुस्लिम समुदायले प्रयोग गर्ने एपहरु छन् ।

अनलाइन म्यागाजिन मदरबोर्डले सार्वजनिक गरेको अनुसन्धानात्मक प्रतिवेदनका अनुसार अर्बौंपटक डाउनलोड भइसकेका एपबाट अमेरिकी सेनाले निजी विवरणहरु किन्ने गरेको पाइएको हो ।

सोमबार सार्वजनिक भएको प्रतिवेदनअनुसार यूएस स्पेसल अपरेसन कमाण्डले विभिन्न कम्पनीहरुबाट मानिसहरुको लोकेसन डेटा लिने गरेको छ । जसमध्ये मुस्लिम प्रेयर र क्वारानजस्ता मुस्लिम एप बढी निसानामा छन् । त्यस्तै अन्य मुस्लिम एपहरुबाट पनि अमेरिकी सेनाले डेटाहरु लिने गरेको छ।

अमेरिकी सेनाले पनि डेटाहरु किन्ने गरेको स्वीकार गरेको छ । विदेशमा हुने गरेको अपरेसनमा यस किसिमका डेटाहरुको प्रयोग गरिने गरिएको अमेरिकी सेनाले बताएको छ ।

यसरी डेटा बेच्नेमध्येको एक कम्पनीले अमेरिकामा प्रत्येक महिना दुई करोड ५० डिभाइस र बाहिरबाट चार करोड डिभाइस ट्र्याक गर्ने गरेको बताएको छ ।

स्रोत :अलजाजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?