Comments Add Comment

अफगानिस्तान र इराकमा आफ्नो सेनाको संख्या घटाउने अमेरिकाको घोषणा

Photo Credit : Reuters

३ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकाल सकिँदासम्म अफगानिस्तान र इराकबाट उल्लेख्य संख्यामा अमेरिकी सेनाको संख्या घटाउने भएका छन् । अमेरिकाको रक्षा मन्त्रालयले दिएको जानकारीअनुसार अफगानिस्तानमा अमेरिकी सेनाको संख्या ४५ सयबाट घटाएर २५ सयमा झारिनेछ । त्यस्तै इराकमा पनि तीन हजारको संख्यामा रहेको अमेरिकी सेनाको संख्या २५ सयमा झारिनेछ ।

अमेरिकाका कार्यवाहक रक्षामन्त्री क्रिस मिलरले आगामी जनवरी १५ सम्ममा अफगानिस्तानबाट दुई हजार अमेरिकी सेना फिर्ता हुने र इराकबाट पाँच सय अमेरिकी सेना फिर्ता आउने बताए । यससँगै यी दुवै मुलुकमा समान २५ सय अमेरिकी सेना बाँकी रहनेछन् । यसअघि अमेरिकाका पूर्व रक्षामन्त्री मार्क एस्परले अफगानिस्तानबाट सेना फिर्ता ल्याउने निर्णयको विरोधमा आवाज उठाएका थिए । यस विषयमा देखिएको मतभेदको कारण ट्रम्पले एस्परलाई उक्त पदबाट हटाएका थिए ।

आलोचकहरुले भने ट्रम्पको यो कदमले अफगानिस्तानको सुरक्षाको अवमूल्यन गरेको बताएका छन् । यसले अफगानिस्तानको अहिले तालिबानसँग जारी शान्ति वार्तामा पनि असर पार्ने उनीहरुको भनाइ छ । अहिले निर्वाचनमा जित हात पारेका जो बाइडन आएपछि भने अमेरिकाले अफगानिस्तानमा पुनः अमेरिकी सेनाको संख्या बढाउन सक्ने अपेक्षा छ ।

स्रोत : अलजाजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment