+
+
Shares

पाल्पाकी कोरोना संक्रमित महिलाको भैरहवामा मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ३ गते १७:२२

२७ कात्तिक, बुटवल । पाल्पाकी एक कोरोना संक्रमित महिलाको रुपन्देहीमा मृत्यु भएको छ ।

पाल्पाको बगनासकाली गाउँपालिका–६, यम्घाकी ५१ वर्षीया महिलाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचारका क्रममा बुधबार मृत्यु भएको हो ।

३० कात्तिकमा अस्पताल भर्ना भएकी उनको कोरोना परीक्षण रिपोर्ट मंसिर १ गते पोजेटिभ आएको मेडिकल कलेजका जनसम्पर्क अधिकृत शुशिल गुरुङले बताए । उनी निमोनिया, दम र मधुमेहसम्बन्धी रोगबाट पनि ग्रसित थिइन् ।

यससँगै पाल्पा जिल्लामा कोरोना संक्रमितको मृत्यु हुने संख्या १८ पुगेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?