+
+
Shares

साहरुखले सुरु गरे ‘पठान’को छायांकन

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ४ गते १०:२८

बलिउड नायक साहरुख खान २ बर्षपछि चलचित्रको छायांकन सेटमा फर्किएका छन् । २ बर्ष अगाडि रिलिज भएको चलचित्र ‘जिरो’पछि साहरुखले चलचित्रमा काम गरेका थिएनन् । २ बर्ष लामो ब्रेक लिएपछि उनले चलचित्रको छायांकन सुरु गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । साहरुखले बुधबारबाट चलचित्र ‘पठान’को छायांकन सुरु गरेका हुन् ।

बुधबारबाट यो चलचित्रको छायांकन यशराज स्टूडियोमा सुरु भएको छ । लामो कपाल पालेका साहरुख यो चलचित्रमा एक्सन अवतारमा देखिनेछन् ।

चलचित्रमा नायिकाको रुपमा दीपिका पादुकोणले काम गर्दैछिन् । चलचित्रमा नायक जोन अब्राहिम खलनायकको भूमिकामा देखिदैछन् । जोनले जनवरीदेखि यो चलचित्रको छायांकन सुरु गर्नेछन् ।

साहरुखले ‘पठान’को छायांकन सुरु गरेपछि सामाजिक संजालमा उनका फ्यानहरु उत्साहित देखिएका छन् । तर, यशराज ब्यानर र साहरुखले चलचित्रको घोषणा भने गरेका छैनन् । यो चलचित्रको काम सकिएपछि साहरुखले निर्देशक राजकुमार हिरानीको चलचित्रमा काम गर्ने चर्चा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?