Comments Add Comment

विराटनगर र धरानमा दुई जना कोरोना संक्रमितको मृत्यु

४ मंसिर, विराटनगर । विराटनगर र धरानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरको नोबेल मेडिकल कलेजमा एकजना वृद्धको र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एकजना महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

नोबेलमा बिहीबार बिहान इटहरी उपमहानगरपालिका–२ का ७७ वर्षीय वृद्धको मृत्यु भएको हो ।
कोरोना संक्रमण पछि होम आइसोलेसनमा बसेका वृद्धको स्वास्थ्यमा समस्या आएपछि १ मंसिरमा नोबेल मेडिकल कलेजमा भर्ना गरिएको थियो । उपचारका क्रममा बिहीबार बिहान ६ः३० बजे उनको मृत्यु भएको नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनका अनुसार मृतकमा स्वासप्रश्वास सम्बन्धी समस्या थियो ।

धरानमा २९ वर्षीया महिलाको मृत्यु

धरान उपमहानगरपालिका– ११ की २९ वर्षीया महिलाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।

कात्तिक २७ गते कोरोना पोजेटिभ देखिएकी महिला कात्तिक ३० गते प्रतिष्ठानमा भर्ना भएकी थिइन् । महिलामा मृगौलाको समस्या थियो । उपचारका क्रममा बुधबार दिउँसो मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डाक्टर आशिष श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment