Comments Add Comment

नेपाल आउन मंसिरभर अनअराइभल भिसा, क–कसले पाउँछन् ?

४ मंसिर, काठमाडौं । सरकारले नेपालको अन्तराष्ट्रिय सीमाना ३० मंसिरसम्म बन्द गरेको छ । सोहीकारण सबै प्रवेश विन्दु र खुला सीमानाको जुनसुकै स्थानबाट हुन सक्ने यात्रुको आवागमन निषेध हुनेछन् । तर, यसबीचमा पनि गैरआवासीय नेपाली र विदेशी नागरिकले भने नेपाल आउन पाउँछन् ।

अध्यागमन विभागका अनुसार नेपालस्थित कुटनीतिक नियोग, अन्तर्राष्ट्रिय संघसंस्था र अन्तराष्ट्रिय गैरसरकारी संस्थामा कार्यरत विदेशी र उनीहरुको परिवारलाई अनअराइभल भिषा प्राप्त हुनेछ ।

यसबाहेक नेपाली मुलका गैरआवासीय विदेशी नागरिक र उनीहरुको परिवारलाई समेत यस्तो सुविधा दिइएको हो । विभागका अनुसार यी विदेशी नागरिकले निर्वाध नेपाल आउन भने पाउँदैनन् ।

उनीहरुको ७२ घण्टा भित्रको पिसिआर परिक्षणमा नेगेटिभ भएको प्रमाणसमेत साथमै ल्याउनु पर्ने भएको छ पिसिआर रिर्पोट नेगेटिभ आएका अभिभावकसँगै आउने ५ वर्षभन्दा मुनीका बालबालिकाको हकमा भने पिसिआर अनिवार्य गरिएको छैन ।

पर्यटक र अन्य विदेशी संस्थागत सिफारिसमा मात्र 

नेपालमा विभिन्न आयोजनामा काम गर्ने कामदार तथा घुमफिरको लागि आउने पर्यटकले भने संस्थागत सिफारिसमा मात्र नेपाल आउन पाउँछन् । विभागका अनुआर यस्ता विदेशी नागरिकले नेपाल आउनु अगाडी परराष्ट्र, गृह वा पर्यटन मन्त्रालय तथा विदेशी कुटनीतिक नियोगबाट पूर्वस्वीकृति/सिफारिस लिनु पर्ने भएको छ ।

उनीहरुले पूर्वस्वीकृति पाएको प्रमाणपत्र र राहदानी बोकेर आएको अवस्थामा मात्र प्रवेश बिन्दुमै भिषा प्राप्त गर्ने विभागले स्पष्ट पारेको छ । यसरी आउने विदेशी र पर्यटकले समेत स्वास्थ सम्बन्धी प्रावधानको भने अनिवार्य पालना गर्नुपर्छ । त्यसमा ७२ घण्टायताको पिसिआर नेगेटिभ रिर्पोट अनिवार्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment