Comments Add Comment

चार महिनाभित्र कोरोना खोप तयार भइसक्ने भारतको विश्वास

४ मंसिर, काठमाडौं । भारतले तीनदेखि चार महिनाभित्रमा कोरोना खोप तयार हुने विश्वास व्यक्त गरेको छ । भारतका स्वास्थ्यमन्त्री हर्षवर्धनले बिहीबार उक्त समयमा कोरोना खोप तयार हुनेमा आफू विश्वस्त रहेको बताएका हुन् । उनले सबै भारतीय नागरिकहरुलाई वैज्ञानिक मूल्यांकनअनुसार विभाजन गरी खोप दिइने बताएका छन् । उनले स्वास्थ्यकर्मी र कोरोनाविरुद्ध लड्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेहरु स्वाभाविक हिसाबमा नै प्राथमिकतामा पर्ने बताए । उनले सन् २०२१ सबैका लागि तुलनात्मकरुपमा राम्रो हुने विश्वास व्यक्त गरे ।

भारतले महामारी नियन्त्रणमा चालेका कदमहरु निकै महत्वपूर्ण रहेको उनको भनाइ छ । सही समयमा आवश्यक कदम चाल्न सकिएकाले कोरोनाको असर धेरै देखिन नपाएको उनले बताए । सुरुवातमा मास्क, पीपीई सेटजस्ता आवश्यक स्वास्थ्य उपकरणको अभाव झेल्नुपरे पनि अहिले यी उपकरणहरु निर्यात गर्ने अवस्थामा पुगेको भन्दै उनले छोटो समयमा भारतले महामारी नियन्त्रणका लागि महत्वपूर्ण काम गरेको बताए ।

स्रोत : टाइम्स अफ इन्डिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment