Comments Add Comment

बाघको सबैभन्दा लामो पैदल यात्रा, साथीको खोजीमा ३ हजार किलोमिटर हिड्यो

एउटा बाघले साथीको खोजीमा ३ हजार किलोमिटर पैदल यात्रा गरेको छ । भारतको महाराष्ट्रमा रहेको ज्ञानगंगा वन्यजन्तु आरक्षमा रहेको साढे ३ वर्षको भाले बाघले साथीको खोजीसँगै सिकारसमेतका लागि गत वर्षको जुन महिनादेखि हालसम्म यतिधेरै लामो यात्रा पार गरेको हो ।

रेडियो कलर जडान गरिएको उक्त बाघले महाराष्ट्र तथा तेलंगनाका विभिन्न सातवटा जिल्लाको यात्रा गरेको छ । उक्त धावक बाघको नाम वाकर राखिएको छ ।

‘वाकर’ उक्त वन्यजन्तु आरक्षमा रहेको एकमात्र बाघ हो । हाल वन्यजन्तु आरक्षमा पर्याप्त सिकार जिवहरु भएकाले अबचाहिँ वाकर ज्ञानगंगा वन्यजन्तु आरक्षमै बस्ने र यतिधेरै यात्रा गर्नु नपर्ने ठहर वन्यजन्तु विदहरुले गरेका छन् ।

साथै उक्त भाले बाघलाई यौनसाथीको रुपमा एउटा पोथी बघिनीसमेत त्यहाँ ल्याइदिने सोँचसमेत अधिकारीहरुको छ । तर वन्यजन्तु आरक्षको क्षेत्रफल कम रहेको हुँदा त्यहाँ बाघले प्रजनन गर्नु उति सहज नरहेको पनि बताइएको छ ।

वाकरको सरीरमा गतवर्षको फेब्रुअरीमा एक रेडियो कलर जडान गरिएको थियो । उसले आफ्नो लागि सही वासस्थान खोजी गर्नका लागि मनसुनको वर्षा सुरु हुँदासम्म जंगलमा डुलिरहेकेा थियो ।

वाकरले यसबीचमा गरेको यात्रा र उसको स्थानलाई जीपीएसको सहायताले यकिन गरियो । जीपीएसको सहयोगमा हरेक घण्टा उसको लोकेसन दर्ज हुन्थ्यो । त्यसक्रममा वाकरको लोकेसन विभिन्न ५ हजारभन्दा बढी ठाउँमा देखिएको थियो । जसमा नदी, खोलानाला देखि राजमार्ग र खेतबारीसम्म उसले यात्रा गरेको छ ।

महाराष्ट्रमा चिसो मौसममा कपासको खेती हुन्छ । कपासको अग्लो झाडीहरुभित्र यो बाघ सजिलैसँग लुकेर अगाडि बढ्दछ । उसले अधिकांस रातको समयमा यात्रा गर्दथ्यो र खानका लागि जंगली सुगुरलगायतको सिकार गरेको पाइएको छ ।

स्मरण रहोस् संसारमा पाइने बाघको कुल संख्यामध्ये ७० प्रतिशत भारतमा पाइन्छ । भारतमा बाघको संख्या करिब ३ हजार रहेको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment