Comments Add Comment

उपत्यकामा कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो

५ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकाका कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेहरुको संख्या एक लाख नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११०७ जना संक्रमित थपिएका छन् । यससँगै कुल संक्रमितको संख्या एक लाख ८७२ पुगेको छ । यो देशभरकै कुल संक्रमितको ४६.४९ प्रतिशत हो ।

उनीहरुमध्ये ४८८ जनाको मृत्यु भएको छ भने ८७ हजार ६९२ जना संक्रमणमुक्त भएका छन् ।

उपत्यकामा सबैभन्दा धेरै संक्रमित काठमाडौं जिल्लामा छ । यहाँ हालसम्म ८१ हजार ५८८ जना छन् । उनीहरुमध्ये ७१ हजार ५९१ जना संक्रमणमुक्त भएका छन् भने ३१६ जनाको मृत्यु भएको छ । संक्रिय संक्रमित ९ हजार ६८१ जना छन् ।

यस्तै ललितपुरमा कुल संक्रमितको संख्या ११ हजार ९४८ जना छन् । उनीहरुमध्ये ९ हजार ६३१ संक्रमणमुक्त भएका छन् भने ८९ जनाको मृत्यु भएको छ । २ हजार २२८ संक्रिय संक्रमित छन् ।

भक्तपुरमा हालसम्म ७ हजार ३३६ जना संक्रमित भएका छन् । उनीहरुमध्ये ६ हजार ४७० जना संक्रमणमुक्त भएका छन् भने ८३ जनाको मृत्यु भएको छ । भक्तपुरमा ७८३ संक्रिय संक्रमित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment