Comments Add Comment

पश्चिमा मुलुकलाई चीनको चेतावनी –हङकङबारे दखल दिए आँखा निकाल्दिन्छौं 

५ मंसिर, काठमाडौं । चीनले पश्चिमा मुलुकहरुलाई हङकङको विषयमा धेरै दखल नदिन कडा चेतावनी दिएको छ । अमेरिका, अस्ट्रेलिया, क्यानडा, न्युजिल्याण्ड र बेलायतले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै चीनसँग हङकङको संसदबाट हटाइएका चार सांसदलाई पुनर्बहालीको माग गरेका थियो । यस विषयमा जवाफ दिँदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिचियानले ‘फाइभ आइज’ समूहमा आबद्ध मुलुकहरुलाई यस्तो चेतावनी दिएका हुन् । उक्त पाँच मुलुकको समूहलाई ‘फाइभ आइज’ पनि भनिन्छ । यी मुलुकहरुले एकआपसमा आफ्नो गोप्य जानकारी साटासाट गर्दै आएका छन् । यो समूहको गठन शीतयुद्धको क्रममा गरिएको थियो । सुरुवातमा सोभियत संघ र उसका सहयोगीमाथि नजर राख्न निर्माण गरिएको थियो ।

अहिले सोही समूहले हङकङको विषयमा उठाएको आवाजबारे जवाफ दिँदै चिनियाँ विदेशमन्त्रालयका प्रवक्ताले भनेका छन् – चिनियाँहरु आफू कहिले पनि समस्या सृजना गर्दैनन् तर आफ्नो बाटोमा कोही आउँछ भने उनीहरुसँग डराउँदैनन् । आँखा ५ होस्, १० होस् वा जतिसुकै होस्, चीनको सार्वभौमिकता, सुरक्षा र विकासमा समस्या उत्पन्न हुने गर्छ भने सावधान ! आँखा निकालिन सक्छ ।

लिचियानले हङकङको मुद्दामा बाहिरी मुलुकले औंला उठाउनु अन्तर्राष्ट्रिय नियम र आधारभूत अन्तर्राष्ट्रिय सम्बन्धको अवधारणाको उल्लंघन भएको बताए । गत साता चीनले हङकङको विषयमा एक प्रस्ताव पारित गरेको थियो । जसको आधारमा राष्ट्रिय सुरक्षाका लागि जोखिम भएका नेताहरुलाई हङकङको सरकारले संसदबाट हटाउन सक्छन् । त्यसैको आधारमा हङकङले चार प्रजातान्त्रिक पक्षधर सांसदहरुलाई हटाएको थियो । यससँगै ‘फाइभ आइज’ समूहले चीनलाई आफ्नो निर्णय सच्याउन अपिल गर्दै विज्ञप्ति जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment