Comments Add Comment

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

७ मंसिर,बुटवल । बुटवलमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको निस्दी गाउँपालिकाका ३३ वर्षीय मानबहादर सोती रहेका छन् ।

बुटवलको नयाँ बसपार्क अगाडि आइतबार दिउँसो ४ बजे लु २ ख १९०५ नम्बरको टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवारी मानबहादुर गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पुर्‍याइए पनि अस्पतालले मृत घोषणा गरेको थियो । ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment