Comments Add Comment

हामी सत्ताका लागि लालायित छैनौं : कांग्रेस प्रवक्ता

८ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारमा सहभागिता आफ्नो रुचीको विषय नभएको बताएको छ ।

शनिबार कांग्रेस सभापति शेरबहादुर देउवासँग शनिबार भएको भेटमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सहयात्राको प्रस्ताव राखेको खबरहरु आएको थियो ।

तर कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीले सत्तामा सहभागी हुन ‘अफर’ कांग्रेसलाई गरेको हो कि भन्ने आशंका नगर्न पनि आग्रह गरे । अहिले सरकारमा सहभागिता कांग्रेसको रुचीको विषय नभएको भन्दै उनले भने, ‘हामी सत्ताका लागि लालायित छैनौं, ५ वर्षका लागि प्रतिपक्षीमा रहने जनादेश छ ।’

नेकपाभित्रको द्वन्द्वमा आफूहरु निरपेक्ष रहेको भन्दै उनले आफ्नो जोडघटाउमा प्रतिपक्षी टाउको गणना नगर्न आग्रह गरेका छन् ।

भोलिको दिनमा नेकपा कुन बाटोमा जान्छ भन्ने टुंगो नभएको भन्दै शर्माले अहिले धेरै चासो राख्नुपर्ने अवस्था नरहेको बताए । ‘सत्तारुढ दलमा केही द्वन्द्व भयो भन्दैमा कांग्रेसले सत्ताका लागि खुट्टा उचालिहालेको वा अलिकति उज्यालो अनुहारका साथ सिंहदरबारतिर हेरेको नसोच्न आग्रह गर्दछु,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment