९ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौंले रत्नपार्कको नाम परिवर्तन नगर्न माग राख्दै काठमाडौं महानगरपालिकामा मंगलबार ज्ञापनपत्र बुझाएको छ ।
रत्नपार्कको नाम परिवर्तन गरिएको सम्बन्धमा भएको गल्ती सच्चाउन माग राख्दै महानगरलाई ज्ञापनपत्र बुझाइएको राप्रपा काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडाले जानकारी दिए ।
राष्ट्रिय विभूति शंखधर साख्वा अरु कसैको नाममा बनेर व्यापक प्रचलनमा आइसकेको पार्कलाई नाम फेरेर राखिनु पर्ने पात्र नभएको अध्यक्ष सिंखडाको नेतृत्वको टोलीले महानगरका कार्यकारी प्रमुख राजेश्वर ज्ञवालीलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख छ ।
शङ्खधर साख्वाको नाममा नयाँ ठाउँमा भव्य पार्क बनाउनु पर्ने राप्रपाको माग छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4