Comments Add Comment

चार महिनामा ४ खर्बको वस्तु आयात, ४० अर्बको मात्र निर्यात

९ मंसिर, काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो चार महिनामा ४ खर्ब रुपैयाँको वस्तु आयात भएको छ । यस अवधिमा निर्यातको आकडा भने मात्र ४० अर्ब रुपैयाँ रहेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार साउन-कात्तिकसम्म अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा आयातमा केही गिरावट देखिएको छ । निर्यातमा भने सामान्य वृद्धि भएको छ । विभागका अनुसार चार महिनामा ४ खर्ब २ अर्ब ४९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।

यो गत आवको यसै अवधिको तुलनामा १०.६२ प्रतिशतले कम हो । यस अवधिमा कुल ४० अर्ब २० करोड रुपैयाँको वस्तु निर्यात भएको छ । यो गत आवको यसै अवधिको तुलनामा १०.८१ प्रतिशतले बढी हो ।

उच्च आयात र न्यून निर्यातका कारण नेपालको व्यापार घाटा समेत उच्च छ । तर, वैदेशिक व्यापारका प्रवृत्तिमा व्यापार घाटा भने केही कम भइरहेको छ । तथ्यांकअनुसार चार महिनामा नेपालको कुल व्यापार घाटा ३ खर्ब ६२ अर्ब २९ करोड रुपैयाँ बराबरको भएको छ । यो अघिल्लो आवको यसै अवधिको तुलनामा १२.४९ प्रतिशत गिरावट हो ।

सो आवको ४ महिनामा ४ खर्ब १४ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा रहेको थियो । ४ महिनाको अवधिमा ४ खर्ब ४२ अर्ब ६९ करोड रुपैयाँको कुल वैदेशिक व्यापार भएको छ । यस अवधिमा ९.०२ प्रतिशतको गिरावट आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment