+
+
Shares

देउवासंग सत्ता समीकरणको कुरा भएको होइन : विष्णु पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ९ गते १८:२१

९ मंसिर, बुटवल । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासंग सत्ता समीकरणका विषयमा छलफल नभएको दावी गरेका छन् ।

प्रेस संगठन रुपन्देहीले गरेको पत्रकार भेटघाटमा नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीसंग सुविधाजनक वहुमत भएकाले प्रमुख विपक्षी दलसंग सत्ता समीकरणबारे कुरा गर्नुपर्ने आवश्यकता नै नभएको दावी गरे ।

‘सत्ता समीकरणका बारेमा न त प्रधानमन्त्रीले छलफल गर्नुभयो, नत देउवाजीले’, पौडेलले भने, ‘संवैधानिक प्रबन्ध अनुरुपको छलफल हो, त्यसको अर्थ खोज्नुपर्ने र अन्यथा अर्थ लगाउनुपर्ने आवश्यकता छैन ।’

नेकपाभित्र विवाद बढिरहेका बेला केही दिनअघि प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवासँग बालुवाटारमा भेट गरेका थिए । उक्त भेटमा के कुराकानी भयो भन्ने प्रधानमन्त्री र देउवाका तर्फबाट सार्वजनिक भएको छैन । उनीहरुबीच सत्ता साझेदारीका विषयमा छलफल भएको चर्चा पनि भएको थियो ।

पत्रकारको प्रश्नमा उनले प्रधानमन्त्री र प्रमुख विपक्षी दलका नेताबीच छलफल भएन भने चिन्ता र आशंकाको विषय हुनसक्ने तर छलफल र संवाद हुनु खुशीको कुरा भएको भन्दै कुटनीतिक जवाफ दिए ।

नेता देउवासंग कोरोना नियन्त्रण, संवैधानिक अंगहरुमा रिक्त पदाधिकारी नियुक्ति लगायतका विषयमा मात्रै छलफल भएको महासचिव पौडेलले प्रष्टिकरण दिए ।

पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डतर्फ इंगित गर्दै उनले सचिवालय वैठकमा पेश भएको राजनीतिक दस्तावेजले मर्यादाको सीमा नाघेको टिप्पणी गरे । उनले पार्टी एकता जोगाउने प्रयास भइरहेको पनि बताए ।

तर पार्टी फुटबाट जोगिन्छ कि जोगिन्न भन्ने स्पष्ट जवाफ दिन सकेनन् । ‘पार्टीभित्र जुन अवस्था आयो, यो कल्पना भन्दा पृथक र मर्यादाको सीमा नाघिएका छन्’ उनले भने, ‘मर्यादाभित्र फर्किन जरुरी छ, हामी पार्टी एकता जोगाउन प्रयासरत छौं, एकता जोगाउन पत्रकारको पनि भूमिका होस् ।’

पार्टीमा विवाद समाधानका लागि गठित कार्यदलको साझा निश्कर्ष र निर्णय भन्दा बाहिर गएर गतिविधि भएपछि पार्टी एकतामा संकट निम्तिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?